आईतवार, असार १४,२०८३ 02:00:16
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:00:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकपमा यी ३२ टिमले खेल्नेछन् नक आउट चरणका खेल , कुन देश‍ कोसँग भिड्दैछन् ?

Laxmi Sunrise Bank Limited
विश्वकपमा यी ३२ टिमले खेल्नेछन् नक आउट चरणका खेल , कुन देश‍ कोसँग भिड्दैछन् ?

काठमाण्डौ । फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गतका खेलहरु समाप्त भएसँगै अन्तिम ३२ मा पुग्ने राष्ट्रहरुको् टुङ्गो लागेको छ । सन् १९८८ देखि २०२२ सम्मका प्रतियोगितामा जस्तो प्रत्येक समूहका शीर्ष दुई टोली मात्र नकआउट चरणमा पुग्ने व्यवस्था थियो, यस वर्ष भने नयाँ ढाँचाअनुसार १२ मध्ये ८ वटा तेस्रो स्थानमा रहेका टोली पनि ३२ टोलीको नयाँ नकआउट चरणमा पुगेका छन्।

नक आउट चरणका खेलहरु भोलिदेखिनै शुरु हुनेछन् ।

अन्तिम निर्णय अंकका आधारमा, त्यसपछि गोल अन्तरका आधारमा गरिएको थियो। सबै समूहका खेल सकिएपछि मात्र अन्तिम सूची तय भएको थियो। समूह चरणका अन्तिम खेलहरू अमेरिकी पूर्वी समयअनुसार आइतबार राति १२ बजे समाप्त भएका थिए।

New Office
CG Motors
Garima Development Bank

नयाँ ढाँचाका कारण धेरै देशहरू अन्तिम समूह खेलअगावै बाहिरिएका थिएनन्। ४८ मध्ये ३६ टोलीले अन्तिम खेलअघि नै कम्तीमा तेस्रो स्थानमा रहेर अघि बढ्ने सम्भावना राखेका थिए।

इरानका लागि अवस्था अन्तिम क्षणसम्म तनावपूर्ण रह्यो। शुक्रबार इजिप्टविरुद्ध १–१ को बराबरीपछि इरानले अतिरिक्त समयमा गरेको गोल भिडियो सहायक रेफ्री (भीएआर) द्वारा अफसाइड भन्दै रद्द गरियो, जसलाई लिएर ठूलो विवाद भयो।

अल्जेरिया र अस्ट्रियाबीचको खेलको नतिजाले इरानको भविष्य तय गर्ने अवस्थामा थियो। बराबरी मात्र भएको भए इरान बाहिरिन्थ्यो, र अन्ततः क्यान्सस सिटीमा ३–३ को रोमाञ्चक बराबरी भयो। नकआउट चरणमा अब उत्कृष्ट ३२ टोलीहरूले एकअर्कासँग सीधा एलिमिनेशन खेल खेल्नेछन्। यस चरणमा जित्ने टोली मात्र अगाडि बढ्छ र हार्ने टोली प्रतियोगिताबाट बाहिरिन्छ। यो विश्वकप पहिलो पटक ४८ टोलीको ढाँचामा खेलिएको भएकाले समूह चरणबाट शीर्ष दुई टोलीसँगै उत्कृष्ट तेस्रो स्थान पाएका टोलीहरू पनि नकआउटमा पुगेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नकआउट चरणमा विश्व फुटबलका ठूला शक्ति राष्ट्रहरू जस्तै अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनी, स्पेन, नेदरल्यान्ड्स, इंग्ल्यान्ड, पोर्चुगल लगायतका टोलीहरूले स्थान बनाएका छन् भने केही नयाँ र आश्चर्यजनक टोलीहरू जस्तै केप भर्डे, दक्षिण अफ्रिका, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, मोरक्को, जापान, इजिप्ट जस्ता टोलीहरूले पनि ऐतिहासिक रूपमा नकआउट चरणमा प्रवेश गरेका छन्। यसले प्रतियोगितालाई अझ रोमाञ्चक र अनिश्चित बनाएको छ।

समूह ‘ए’ बाट मेक्सिको र दक्षिण अफ्रिका, ‘बी’ बाट स्विट्जरल्याण्ड र क्यानडा, ‘सी’ बाट ब्राजिल र मोरक्को, ‘डी’ बाट अमेरिका र अस्ट्रेलिया, ‘ई’ बाट जर्मनी र आइभोरी कोस्ट, ‘एफ’ बाट नेदरल्याण्ड्स र जापान, ‘जी’ बाट बेल्जियम र इजिप्ट, ‘एच’ बाट स्पेन र केप भर्डे, आई’ बाट फ्रान्स र नर्वे, ‘जे’ बाट अर्जेन्टिना र अस्ट्रिया, ‘के’ बाट कोलम्बिया र पोर्चुगल, ‘एल’ बाट इंग्ल्याण्ड र क्रोएशिया समूह विजेता र उपविजेता बनेर नक आउट प्रवेश गरेका हुन्।

तेस्रो स्थानमा उत्कृष्ट नतिजाका आधारमा कंगो, स्वीडेन, घाना, इक्वेडर, बोसनिया एन्ड हर्जगोभिना, अल्जेरिया, पाराग्वे र सेनेगल नक आउटमा पुगेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.