आईतवार, असार २८,२०८३ 11:39:30
Bizshala
  • आईतवार, असार २८,२०८३ 11:39:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फिफाले विश्वकप फाइनल खेलाइने मैदानको घाँस बेच्ने, १.१० करोड डलर कमाउने अनुमान

Laxmi Sunrise Bank Limited
फिफाले विश्वकप फाइनल खेलाइने मैदानको घाँस बेच्ने, १.१० करोड डलर कमाउने अनुमान

काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२६ विश्वकपको फाइनल खेलपछि प्रयोग गरिएको मैदानको घाँसका टुक्रा बिक्री गर्ने योजना सार्वजनिक गरेको छ। फाइनल खेल हुने मैदानको घाँसलाई विशेष रूपमा सुरक्षित राखेर स्मरणीय सामग्रीका रूपमा बिक्री गर्न लागिएको हो।

फिफाले शनिबार घोषणा गरेअनुसार, फाइनल खेलको मैदानबाट निकालिएका घाँसका टुक्राहरू ४५० अमेरिकी डलरदेखि बिक्री हुनेछन्। यस बिक्रीबाट फिफाले १ करोड १० लाख डलरभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ।

विश्वकप फाइनलका लागि प्रयोग हुने न्यू जर्सीस्थित मेटलाइफ स्टेडियम फिफाले प्रतियोगिताका लागि न्यू जर्सी न्यूयोर्क स्टेडियम नाम दिएकोको मैदानको गुणस्तरबारे केही खेलाडी र प्रशिक्षकहरूले आलोचना गर्दै आएका छन्। उक्त स्टेडियम सामान्यतया ल्ँी टोली न्यूयोर्क जायन्ट्स र न्यूयोर्क जेट्सका लागि कृत्रिम सतह प्रयोग हुने स्थल हो।

New Office
CG Motors
Garima Development Bank

फिफाको आधिकारिक स्टोरका अनुसार, बिक्रीमा राखिने प्रत्येक घाँसको टुक्रालाई प्रिमियम एक्रिलिकभित्र सुरक्षित राखिनेछ। यसमा प्रमाणिकताको फिल्मसहित युएसबी किपसेक पनि समावेश हुनेछ। फिफाले यसलाई फुटबल इतिहासको वास्तविक अंशका रूपमा प्रचार गरेको छ।

स्मरणीय सामग्रीका विभिन्न चार तह निर्धारण गरिएको छ। सबैभन्दा महँगो संस्करणको मूल्य ३ हजार अमेरिकी डलर रहनेछ। यसमा करिब ३ इन्च गुणा ३ इन्चको घाँसको टुक्रासँगै सुनको नक्कल टिकट, सानो विश्वकप बल र क्रिस्टलबाट बनाइएको विश्वकप ट्रफीको प्रतिकृति समावेश हुनेछ।

अन्य संस्करणहरूको मूल्य क्रमशः ४५०, ९०० र १२०० अमेरिकी डलर तोकिएको छ। प्रत्येक तहमा बढीमा २,०२६ वटा मात्र टुक्रा उपलब्ध हुनेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फिफाले यी सामग्रीहरू अमेरिका र युरोपका ठेगानामा मात्र पठाउने जनाएको छ। फाइनल खेल सम्पन्न भएपछि मात्र अर्डरहरू पठाइने बताइएको छ।

यसअघि नै २०२६ विश्वकपका टिकट र आतिथ्य प्याकेजको उच्च मूल्यका कारण फिफाको आलोचना भइरहेको छ। फाइनल खेलको नियमित टिकटको मूल्य ३२,९७० डलरसम्म पुगेको छ भने खानपानसहितका आतिथ्य टिकटको मूल्य ३४ हजार ५०० डलरसम्म तोकिएको छ।

रिपोर्टअनुसार, विश्वकप फाइनलका लागि प्रयोग हुने घाँस अमेरिकाको नर्थ क्यारोलिनास्थित टर्फ फार्ममा उत्पादन गरिएको हो। प्रतियोगिताका लागि कृत्रिम सतह भएका स्टेडियमहरूमा समेत नयाँ घाँसको मैदान तयार गरिएको छ।

विश्वकप सकिएपछि फाइनल बाहेक अन्य रंगशालामा प्रयोग भएका घाँसका मैदानहरूको भविष्यबारे भने फिफाले कुनै जानकारी दिएको छैन।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.