आईतवार, असार २८,२०८३ 11:25:19
Bizshala
  • आईतवार, असार २८,२०८३ 11:25:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, अब इङ्ग्ल्यान्डसँग भिड्ने

Laxmi Sunrise Bank Limited
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा, अब इङ्ग्ल्यान्डसँग भिड्ने

काठमाण्डौ । रोमाञ्चक र उतारचढावपूर्ण खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै विश्वकपको यात्रा अगाडि बढाएको छ। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल थप्दै शानदार जित निकालेको हो।

खेलको सुरुवातमै अर्जेन्टिनाले अग्रता लिएको थियो। १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। लियोनल मेस्सीको कर्नरबाट आएको बललाई सदुपयोग गर्दै म्याक एलिस्टरले अर्जेन्टिनाका लागि महत्वपूर्ण गोल गरेका थिए।

दोस्रो हाफमा स्विट्जरल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै ६७औँ मिनेटमा डान एनडोयेको गोलमार्फत खेल १–१ को बराबरीमा ल्यायो। त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि निर्धारित समयमा थप गोल हुन सकेन।

New Office
CG Motors
Garima Development Bank

अतिरिक्त समयमा अर्जेन्टिनाले खेल आफ्नो पक्षमा पार्यो। ११२औँ मिनेटमा जुलियन अल्भारेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। खेलको अन्तिम क्षणमा १२०औँ मिनेटपछि लाउटारो मार्टिनेजले गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

खेलको अर्को महत्वपूर्ण क्षण ७२औँ मिनेटमा आयो, जब स्विट्जरल्यान्डका ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपर्यो। त्यसपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो।

यो जितसँगै अर्जेन्टिनाले कठिन प्रतिस्पर्धापछि प्रतियोगितामा आफ्नो दाबेदारी कायम राखेको छ भने स्विट्जरल्यान्डको विश्वकप यात्रा समाप्त भएको छ। अर्जेन्टिनाले अब सेमिफाइनलमा इङ्ग्यालण्डको सामना गर्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.