बिहीबार, जेष्ठ २८,२०८३ 08:42:54
Bizshala
  • बिहीबार, जेष्ठ २८,२०८३ 08:42:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकपको उत्साहमा प्रशासनको ब्रेक, अनुमति बिना ठूलो पर्दामा खेल देखाउन रोक

Laxmi Sunrise Bank Limited
विश्वकपको उत्साहमा प्रशासनको ब्रेक, अनुमति बिना ठूलो पर्दामा खेल देखाउन रोक
Shivam Cement

काठमाण्डौ । फिफा विश्वकप फुटबल २०२६ का खेल सार्वजनिक रूपमा ठूलो पर्दामा देखाउने योजनामा रहेका संघसंस्था, क्लब तथा कम्पनीलाई काठमाडौं प्रशासनले कडा चेतावनी दिएको छ। अब प्रशासनको पूर्वस्वीकृतिबिना विश्वकपका खेल सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न पाइने छैन।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै विश्वकपको उत्साहका नाममा रातिको समयमा ठूलो भीड जम्मा गरेर खेल प्रदर्शन गर्दा शान्ति–सुरक्षा तथा सार्वजनिक व्यवस्थामा असर पर्न सक्ने भन्दै अनुमति प्रणाली लागू गरिएको जनाएको हो।

Bizshala
New Office
CG Motors

सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचनाअनुसार, विश्वकपका खेल ठूलो पर्दामार्फत सार्वजनिक रूपमा प्रसारण गर्न चाहने कुनै पनि संस्था, संघ वा कम्पनीले अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्नेछ। प्रशासनले अनुमति दिनुअघि कार्यक्रमस्थल, सुरक्षा व्यवस्था, भीड व्यवस्थापन क्षमता तथा सम्भावित संवेदनशीलताको समेत मूल्याङ्कन गर्ने जनाएको छ।

अनुमतिका लागि आवश्यक निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटमार्फत उपलब्ध गराइएको छ। निवेदनमा उल्लेख गरिएका सबै शर्तहरू पूरा भएको सुनिश्चित भएपछि मात्र स्वीकृति प्रदान गरिने प्रशासनको भनाइ छ।

प्रशासनले विशेष गरी विश्वकपको उत्साहलाई बहाना बनाएर अव्यवस्थित भीड जम्मा गर्ने, रातिको समयमा सार्वजनिक शान्ति भंग गर्ने वा कुनै पनि गैरकानुनी गतिविधि सञ्चालन गर्ने प्रयास नगर्न चेतावनी दिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

सूचनाको अवज्ञा गर्दै अनुमति नलिई विश्वकपका खेल सार्वजनिक रूपमा प्रसारण गरेको वा त्यसका नाममा भीडभाड तथा अवाञ्छित गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

विश्वकप सुरु भएसँगै राजधानीका विभिन्न स्थानमा ‘फ्यान जोन’, रेस्टुरेन्ट, होटल तथा खुला स्थानमा सामूहिक रूपमा खेल हेर्ने तयारी भइरहेका बेला प्रशासनको यो निर्णयले आयोजकहरूलाई कानुनी प्रक्रिया पूरा गर्न बाध्य बनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.