मंगलवार, श्रावण ५,२०८३ 05:17:11
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:17:11
Bizshala
Global IME Bank Limited

विश्वकप उपाधि जितेको स्पेनले कति पायो पुरस्कार रकम ? अन्य टिमको भागमा कति पर्यो ?

विश्वकप उपाधि जितेको स्पेनले कति पायो पुरस्कार रकम ? अन्य टिमको भागमा कति पर्यो ?
New Office

काठमाण्डौ । स्पेनले २०२६ फिफा विश्वकपको उपाधि जित्दै प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार रकम आफ्नो नाममा गरेको छ। फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै विश्व च्याम्पियन बनेको स्पेनले पुरस्कारस्वरूप ५ करोड अमेरिकी डलर प्राप्त गरेको छ। उपविजेता अर्जेन्टिनाले भने ३ करोड ३० लाख डलर पाउनेछ।

फिफाले यस संस्करणको विश्वकपका लागि अहिलेसम्मकै ठूलो पुरस्कार कोष घोषणा गरेको थियो। ४८ टोली सहभागी भएको २०२६ विश्वकपमा कुल ६५ करोड ५० लाख डलर पुरस्कार रकम विभिन्न चरणमा पुगेका टोलीहरूबीच वितरण गरिएको छ।

तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै २ करोड ९० लाख डलर पुरस्कार हात पारेको छ। चौथो स्थानमा रहेको फ्रान्सले २ करोड ७० लाख डलर पाउनेछ।

विश्वकपको अन्तिम चरणसम्म पुगेका अन्य टोलीहरूले पनि ठूलो आर्थिक पुरस्कार प्राप्त गरेका छन्। क्वार्टरफाइनलमा पुगेका टोलीहरूले १ करोड ९० लाख डलर, अन्तिम १६ मा पुगेका टोलीहरूले १ करोड ५० लाख डलर, र समूह चरणमै बाहिरिएका टोलीहरूले समेत ९० लाख डलर पाएका छन्।

अमेरिकी पुरुष टोलीले अन्तिम १६ सम्म पुगेर १ करोड ५० लाख डलर पुरस्कार पाएको छ। अमेरिका फुटबलको सामूहिक सम्झौताअनुसार उक्त रकम पुरुष र महिला राष्ट्रिय टोलीका खेलाडीबीच बाँडिने व्यवस्था गरिएको छ।

यसअघि २०२२ को विश्वकप विजेता अर्जेन्टिनाले ४ करोड २० लाख डलर पुरस्कार पाएको थियो भने २०१८ मा फ्रान्सले उपाधि जित्दा ३ करोड ८० लाख डलर प्राप्त गरेको थियो। २०२६ को ५ करोड डलर पुरस्कार विश्वकप इतिहासकै सबैभन्दा ठूलो विजेता पुरस्कार बनेको छ।

फिफाले सहभागी सबै ४८ टोलीलाई प्रतियोगिता सुरु हुनुअघि तयारी खर्चका रूपमा थप १५ लाख डलरसमेत उपलब्ध गराएको थियो। यससँगै २०२६ विश्वकप आर्थिक दृष्टिले पनि अहिलेसम्मकै ठूलो विश्व फुटबल प्रतियोगिता बनेको छ।

फिफा विश्वकप २०२६ को पुरस्कार राशि विवरण

विजेताः ५ करोड अमेरिकी डलर

स्पेन/अर्जेन्टिना

उपविजेताः ३ करोड ३० लाख अमेरिकी डलर

स्पेन/अर्जेन्टिना

तेस्रो स्थानः २ करोड ९० लाख अमेरिकी डलर

फ्रान्स/इङ्ल्यान्ड

चौथो स्थान÷ २ करोड ७० लाख अमेरिकी डलर

फ्रान्स/इङ्ल्यान्ड

५औँ–८औँ स्थानः १ करोड ९० लाख अमेरिकी डलर

नर्वे, बेल्जियम, मोरक्को, स्विट्जरल्यान्ड

९औँ–१६औँ स्थानः १ करोड ५० लाख अमेरिकी डलर

मेक्सिको, कोलम्बिया, ब्राजिल, संयुक्त राज्य अमेरिका, पोर्चुगल, क्यानडा, इजिप्ट, पाराग्वे

१७औँ–३२औँ स्थानः १ करोड १० लाख अमेरिकी डलर

नेदरल्यान्ड्स, जर्मनी, आइभरी कोस्ट, क्रोएसिया, जापान, अस्ट्रेलिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, घाना, इक्वेडर, दक्षिण अफ्रिका, स्विडेन, बोस्निया एन्ड हर्जेगोभिना, अल्जेरिया, सेनेगल, केप भर्डे

३३औँ–४८औँ स्थानः ९० लाख अमेरिकी डलर

इरान, दक्षिण कोरिया, टर्की, स्कटल्यान्ड, उरुग्वे, साउदी अरेबिया, चेकिया, न्युजिल्यान्ड, कतार, कुराकाओ, पानामा, जोर्डन, हाइटी, उज्बेकिस्तान, ट्युनिसिया, इराक

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.