बिहीबार, असार २५,२०८३ 10:06:19
Bizshala
  • बिहीबार, असार २५,२०८३ 10:06:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फ्रान्सविरुद्धको विश्वकप क्वार्टरफाइनलअघि मोरक्कोलाई ठूलो धक्का, प्रमुख स्ट्राइकर घाइते

Laxmi Sunrise Bank Limited
फ्रान्सविरुद्धको विश्वकप क्वार्टरफाइनलअघि मोरक्कोलाई ठूलो धक्का, प्रमुख स्ट्राइकर घाइते

काठमाण्डौ । मोरक्कोलाई फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध खेल्नुअघि ठूलो धक्का लागेको छ। टोलीका प्रमुख स्ट्राइकर इस्माइल साइबारीले ह्यामस्ट्रिङ चोटका कारण उक्त खेल गुमाउने भएका छन्। मोरक्कोका मुख्य प्रशिक्षक मोहम्मद उआहबीले साइबारी समयमै फिट हुन नसकेको पुष्टि गरेका छन्।

क्यानडाविरुद्धको अन्तिम–१६ को खेलका क्रममा घाइते भएका साइबारीको स्वास्थ्यमा सुधार भए पनि फ्रान्सविरुद्धको निर्णायक खेल खेल्न पर्याप्त नभएको प्रशिक्षक उआहबीले बताए। उनले साइबारी प्रतियोगिताबाट पूर्ण रूपमा बाहिरिएको अवस्था भने नरहेको र मोरक्को सेमिफाइनलमा पुगेमा उनी पुनरागमन गर्न सक्ने आशा व्यक्त गरे।

New Office
CG Motors
Garima Development Bank

हालै डच क्लब पीएसभी आइन्डहोभेनबाट जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध भएका साइबारी मोरक्कोका उत्कृष्ट प्रदर्शनकर्तामध्ये एक हुन्। उनले समूह चरणका तीनै खेलमा गोल गरेका थिए भने नेदरल्यान्ड्सविरुद्धको पेनाल्टी सुटआउटमा निर्णायक गोल पनि गरेका थिए।

साइबारीको अनुपस्थितिमा स्ट्राइकर सुफियान रहिमीले सुरुआती टोलीमा स्थान पाउने सम्भावना रहेको छ। रहिमीले क्यानडाविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मोरक्को सन् २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्ससँग २–० ले व्यहोरेको हारको बदला लिने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ। प्रशिक्षक उआहबीले क्वार्टरफाइनलसम्म पुग्नु मात्र उपलब्धि नभएको उल्लेख गर्दै टोलीको लक्ष्य सेमिफाइनल हुँदै उपाधि जित्ने रहेको बताए।

यता, मोरक्कोका स्टार खेलाडी ब्राहिम डियाजले फ्रान्स प्रतियोगिताको प्रमुख दाबेदार भए पनि आफ्नो टोलीले उनीहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता प्रमाणित गरिसकेको बताए। उनले टोलीमा पूर्ण आत्मविश्वास रहेको र सेमिफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यका साथ मैदान उत्रने उल्लेख गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.