मंगलवार, असार ३०,२०८३ 05:32:29
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 05:32:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यसपटक फिफा विश्वकप कुन राष्ट्रले जित्ला ? यस्तो छ एआईको भविष्यवाणी ?

Laxmi Sunrise Bank Limited
यसपटक फिफा विश्वकप कुन राष्ट्रले जित्ला ? यस्तो छ एआईको भविष्यवाणी ?

काठमाण्डौ । सन् २०२६ को फिफा पुरुष विश्वकप अन्तिम चरणमा प्रवेश गरिरहेका बेला अल जजिराको एजे ल्याब्सले नौ प्रमुख एआई मोडलमार्फत प्रतियोगिताको अन्तिम नतिजाको सम्भावित प्रक्षेपण सार्वजनिक गरेको छ।

उपलब्ध सबै तथ्यांक, टोलीको प्रदर्शन, खेलाडीको क्षमता, टोलीको गहिराइ तथा प्रतियोगिताभरको लयलाई आधार बनाएर गरिएको विश्लेषणमा फ्रान्स विश्वकप उपाधि जित्ने सबैभन्दा बलियो दाबेदारका रूपमा देखिएको छ। नौमध्ये पाँच एआई मोडल –जेमीनी, ग्रोक, डिपसिक, ली, च्याट र क्वेयनले फ्रान्सलाई च्याम्पियन बन्ने अनुमान गरेका छन्।

यता, साविक विजेता अर्जेन्टिनालाई बाँकी चार एआई मोडल– च्याट जीपीटी, क्लाउड, को पाइलट र मेटा एआईले उपाधि जित्ने टोलीका रूपमा रोजेका छन्।

New Office
CG Motors
Garima Development Bank

उपविजेताको भविष्यवाणी भने विभाजित देखिएको छ। फ्रान्स र अर्जेन्टिनाले समान तीन–तीन मत प्राप्त गरेका छन् भने इंग्ल्यान्डलाई दुई र स्पेनलाई एक मत परेको छ। तेस्रो स्थानका लागि भने स्पेन स्पष्ट रूपमा अगाडि देखिएको छ। 

नौमध्ये छ एआई मोडलले स्पेनलाई तेस्रो स्थानमा रहने प्रक्षेपण गरेका छन् भने इंग्ल्यान्डले दुई र फ्रान्सले एक मत प्राप्त गरेको छ।

यी भविष्यवाणीले विश्वकपको अन्तिम चारमा पुगेका फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्ड नै उपाधिका प्रमुख दाबेदार रहेको एआई मोडलहरूको साझा निष्कर्ष देखाए पनि हालको प्रदर्शन, टोलीको सन्तुलन र प्रतियोगिताको लयलाई मूल्याङ्कन गर्ने तरिकामा मोडलहरूबीच केही फरक दृष्टिकोण रहेको पनि संकेत गर्छ।

विश्वकप सेमिफाइनलमा जुलाई १४ मा फ्रान्स र स्पेन तथा जुलाई १५ मा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो स्थानका लागि जुलाई १८ मा खेल हुनेछ भने फाइनल जुलाई १९ मा आयोजना हुनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एआईको भविष्यवाणी संक्षेपमाः

च्याम्पियनः फ्रान्स (५), अर्जेन्टिना(४)

उपविजेताः फ्रान्स (३), अर्जेन्टिना (३), इंग्ल्यान्ड (२), स्पेन (१)

तेस्रो स्थानः स्पेन (६), इंग्ल्यान्ड (२), फ्रान्स (१)

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.