शुक्रबार, कार्तिक २७,२०८३ 10:55:45
  • शुक्रबार, कार्तिक २७,२०८३ 10:55:45
Global IME Bank Limited

सुनको मूल्य फेरि घट्यो, तोलामा ३३ सयले गिरावट, तोलाको २ लाख ९२ हजारमा

Bizshala
सुनको मूल्य फेरि घट्यो, तोलामा ३३ सयले गिरावट, तोलाको २ लाख ९२ हजारमा
New Office

काठमाण्डौं । दुई दिनसम्म निरन्तर वृद्धि भएको सुनको मूल्य आज भने पुनः घटेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार रुपैयाँमा झरेको छ। 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

पछिल्ला दिनहरूमा निरन्तर भइरहेको तीव्र उतारचढावबीच बजार फेरि घट्ने दिशामा फर्किएको देखिएको छ, जसले सुन बजारमा अनिश्चितता थपेको छ।

पछिल्लो कारोबार श्रृंखला हेर्दा सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको थियो।  

त्यसको भोलिपल्ट अर्थात् हिजो थप ५ सय रुपैयाँले वृद्धि हुँदै मूल्य २ लाख ९५ हजार ३ सय रुपैयाँ पुगेको थियो।  

तर, आजको गिरावटले ती दुई दिनको वृद्धिलाई उल्ट्याउँदै बजारलाई पुनः तल झारेको हो।

यसअघि भने सुनको बजार लगातार घट्दो अवस्थाबाट गुज्रिएको थियो।  

गएको शुक्रबार र आइतबार मात्र दुई दिनको अवधिमा सुनको मूल्य तोलामा कुल ८ हजार ५ सय रुपैयाँले घटेको थियो।  

महासंघका तथ्यांकले देखाएअनुसार छोटो समयमै भएको यो गिरावटले बजारमा उच्च अस्थिरताको संकेत गरेको थियो, जसपछि फेरि मूल्य बढ्ने क्रम सुरु भएको थियो।

दीर्घकालीन प्रवृत्ति हेर्दा पछिल्ला केही हप्तामा सुनको मूल्य अत्यधिक अस्थिर देखिएको छ।

कहिले तीव्र वृद्धि, कहिले अचानक गिरावट आउने क्रम दोहोरिँदा बजार अनुमान गर्न गाह्रो बनेको छ।  

माघ १५ गते त सुनको मूल्य एकै दिन तोलामा २० हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।  

 

Garima Development Bank
Bizshala
IME remit

यो मूल्य हालसम्मकै उच्च बिन्दुका रूपमा रेकर्ड गरिएको हो। त्यसपछि बजारमा निरन्तर उतारचढाव जारी छ।

चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदी तोलामा १२५ रुपैयाँले घट्दै ४ हजार ९६० रुपैयाँमा झरेको छ।

हिजो चाँदीको भाउ तोलाको ५ हजार ८५ रुपैयाँ थियो।

चाँदीको बजार पनि सुनजस्तै अस्थिर देखिएको छ। केही दिनअघि मात्र ठूलो गिरावट आएको थियो।  

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५६५ रुपैयाँले एकै दिन घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिन्छ।

त्यसअघि माघ १५ गते चाँदीको भाउ ऐतिहासिक रूपमा उच्च बिन्दूमा पुगेको थियो।  

सो दिन चाँदी तोलाको ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो, जुन नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

समग्रमा हेर्दा सुन र चाँदी दुवै बहुमूल्य धातुको बजार पछिल्ला दिनहरूमा अत्यधिक उतारचढावपूर्ण बनेको छ।  

लगातारको वृद्धि र तीव्र गिरावटले उपभोक्ता, व्यवसायी तथा लगानीकर्तालाई समान रूपमा अनिश्चिततामा पारेको देखिन्छ।

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.