बिहीबार, जेष्ठ ७,२०८३ 12:54:52
Bizshala
  • बिहीबार, जेष्ठ ७,२०८३ 12:54:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यो आईपीओले विश्वकै पहिलो ‘ट्रिलियनियर’ बन्दै एलन मस्क

Laxmi Sunrise Bank Limited
यो आईपीओले विश्वकै पहिलो ‘ट्रिलियनियर’ बन्दै एलन मस्क
Shivam Cement

काठमाण्डौ । विश्वले चाँडै पहिलो ट्रिलियनियर देख्न सक्ने भएको छ । हाल विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्क स्पेस एक्सको सम्भावित सार्वजनिक सेयर निष्कासन (आईपीओ) पछि मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्ने ऐतिहासिक उपलब्धिको नजिक पुगेका छन् ।

स्पेस एक्सले आईपीओ निष्कासनका लागि करिब १.२५ ट्रिलियन डलर मूल्याङ्कन गरेको बताइएको छ। यदि यो मूल्याङ्कनमा कम्पनी स्टक बजारमा सूचीकृत भयो भने मस्कको करिब ६०० अर्ब डलरभन्दा बढी मूल्यबराबरको हिस्सा हुन सक्ने अनुमान गरिएको छ। यसले उनको कुल सम्पत्ति १ ट्रिलियन डलरभन्दा माथि पुग्न सक्ने सम्भावना देखिएको छ।

स्पेसएक्सले सार्वजनिक बजारमा एसपीसीएक्स टिकर नामबाट सूचीकृत हुने योजना बनाएको छ। यो वाल स्ट्रीट इतिहासकै सबैभन्दा ठूलो आईपीओ हुन सक्ने अपेक्षा गरिएको छ। कम्पनीले आफ्नो वित्तीय अवस्था, नेतृत्व संरचना र भविष्यको लक्ष्य पहिलो पटक सार्वजनिक रूपमा प्रस्तुत गरेको छ।

Bizshala
New Office
CG Motors

मस्क स्पेसएक्सका अध्यक्ष हुन् भने ग्वाइने सटवेल अध्यक्ष तथा मुख्य सञ्चालन अधिकृत हुन्। कम्पनीको बोर्डमा सीएफओ ब्रेट जोनसन लगायत विभिन्न लगानीकर्ता र प्रविधि क्षेत्रका अधिकारीहरू पनि छन्।

मस्कको मतदान अधिकार कम्पनीमा करिब ८५.१ प्रतिशत रहेको बताइएको छ, जुन साधारण सेयर र विशेष मतदान अधिकार भएका क्लास बी सेयरमार्फत नियन्त्रण गरिएको हो।

यदि कम्पनीले विभिन्न मूल्याङ्कन लक्ष्य पूरा गर्यो भने स्पेसएक्सले मस्कलाई १५ चरणमा सेयर दिने योजना पनि राखेको छ । साथै, मंगल ग्रहमा कम्तीमा १० लाख जनसंख्या भएको स्थायी मानव बस्ती स्थापना भएमा मात्र यो पुरस्कार पूर्ण रूपमा प्राप्त हुनेछ।

कम्पनीले आफ्नो दीर्घकालीन लक्ष्यमा मंगल ग्रहमा मानव बस्ती, चन्द्रमा बेस र अन्तरिक्षमा एआई आधारित प्रणाली विकास गर्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीको भनाइ अनुसार यसको दीर्घकालीन बजार अवसर करिब २८.५ ट्रिलियन डलर बराबर हुन सक्छ, जसमा स्टार लिंक इन्टरनेट सेवा, अन्तरिक्ष आधारित सेवाहरू र एआई उद्योग समावेश छन्।

Garima Development Bank
Shivam Cement
IME remit

स्पेस एक्सको आर्थिक अवस्था

स्पेस एक्सले पछिल्लो वर्ष करिब १८.६ अर्ब डलर आर्जन गरे पनि ४.९ अर्ब डलर घाटा बेहोरेको छ। यस वर्षको पहिलो त्रैमासिकमा पनि ४.३ अर्ब डलर घाटा देखिएको छ।

कम्पनीसँग करिब १०२ अर्ब डलरबराबरको सम्पत्ति रहेको छ भने ६०.५ अर्ब डलर ऋण छ।

कम्पनीले पछिल्ला वर्षहरूमा एआई, स्टारलिंक र रकेट विकासमा ठूलो खर्च बढाएको छ। विशेषगरी एआई परियोजनामा मात्र अरबौ डलर खर्च गरिएको उल्लेख छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.