बिहीबार, जेष्ठ ७,२०८३ 02:40:36
Bizshala
  • बिहीबार, जेष्ठ ७,२०८३ 02:40:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नाइजेरियन महिला गर्भवती बनाइ फरार भएको आरोपपछि पनि सांसद कृष्णकुमार कार्की संसदमा उपस्थित

Laxmi Sunrise Bank Limited
नाइजेरियन महिला गर्भवती बनाइ फरार भएको आरोपपछि पनि सांसद कृष्णकुमार कार्की संसदमा उपस्थित
Shivam Cement

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णकुमार कार्की विरुद्ध नाइजेरियन नागरिकलाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप सार्वजनिक भएपछि पनि उनी प्रतिनिधिसभाको बैठकमा नियमित रूपमा सहभागी भइरहेका छन्।

बिहीबार बसेको संसद बैठकमा पनि सांसद कार्कीको उपस्थिति देखिएको हो। 

Bizshala
New Office
CG Motors

यसअघि भएका बैठकहरूमा समेत उनी संसदमा उपस्थित हुँदै आएका छन्।  

सार्वजनिक रूपमा उठेको विवादका बीच उनको निरन्तर उपस्थिति राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।

मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीमाथि नाइजेरियाकी २६ वर्षीया रिता अजुकोलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लाग्दै आएको छ।

उक्त विषय जेठ ४ गते जनआस्था डटकममा प्रकाशित भएपछि सार्वजनिक रूपमा चर्चा चुलिएको हो।

Garima Development Bank
Shivam Cement
IME remit

समाचार सार्वजनिक भएयता सांसद कार्कीले घटनाबारे सञ्चारमाध्यममा स्पष्ट प्रतिक्रिया दिएका छैनन्।

उनीमाथि लागेको आरोपबारे औपचारिक स्पष्टीकरण नआएकाले विषय थप संवेदनशील बन्दै गएको छ।

यसबीच, संसदमा उनको निरन्तर उपस्थिति देखिए पनि विवादबारे कुनै छलफल वा आधिकारिक धारणा सार्वजनिक नभएकाले राजनीतिक तथा सामाजिक वृत्तमा विभिन्न प्रश्न उठिरहेका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.