नाइजेरियन महिला गर्भवती बनाइ फरार भएको आरोपपछि पनि सांसद कृष्णकुमार कार्की संसदमा उपस्थित
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णकुमार कार्की विरुद्ध नाइजेरियन नागरिकलाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप सार्वजनिक भएपछि पनि उनी प्रतिनिधिसभाको बैठकमा नियमित रूपमा सहभागी भइरहेका छन्।बिहीबार बसेको संसद बैठकमा पनि सांसद कार्कीको उपस्थिति देखिएको हो।

