सोमबार, असार २,२०८२ 02:05:24
  • सोमबार, असार २,२०८२ 02:05:24
Global IME Bank Limited

कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे ५ करोड माथि क्लोजआउट, जरिवानाबाट कसरी जोगिने ?

Hyundai Nepal
कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे ५ करोड माथि क्लोजआउट, जरिवानाबाट कसरी जोगिने ?
Nabil Bank Limited

काठमाण्डौ । विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन् । सीडीएसीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा लगानीकर्ताहरुले क्लोजआउट बापत ५ करोड १ लाख ९१ हजार जरिवाना तिरेका छन् । लगानीकर्ताले समयमै सेयर हस्तान्त्रण नगर्दा आफूले बेचेको  कुल सेयर रकमको २० प्रतिशत जरिवाना तिर्नु पर्ने व्यवस्था रहेको छ ।  

सेयर बेचेको २४ घन्टाभित्र अनिवार्य रुपमा ‘मेरो सेयर’मा गएर ईडीआईएस गर्नुपर्छ । तर, धेरै नयाँ लगानीकर्तालाई अहिले पनि सेयर बेचेपछि आफ्नो काम सकिएको र ‘मेरो सेयर’मा गएर अनिवार्य रुपमा ईडीआएस गर्नुपर्छ भन्ने थाहा नभएको पाइन्छ ।  

त्यसैले ‘मेरो सेयर’ मा आफ्नो सेयर फ्री रहेको छ वा छैन भन्ने एकिन गर्न पनि लगानीकर्ताहरु चुक्ने गरेका छन् । जसका कारण सेयर हस्तान्तरण नहुँदा लगानीकर्ताहरु क्लोजआउटमा पर्ने गरेका छन् ।

अहिले बजार पूर्ण रुपमा प्रविधिमैत्री पनि बनिसकेको छ । ९० प्रतिशत लगानीकर्ताले अहिले अनलाइन प्रणालीबाटै कारोबार गरिरहेका छन् ।

सेयर बजारमा आकर्षण बढेसँगै क्लोजआउटको समस्या भने यथावत नै रहेको छ । प्रविधिमैत्री बजारमा क्लोजआउटको समस्या कम हुँदै जानुपर्ने तर्क भइरहेकै बेला विभिन्न कारणले यो समस्या यथावत् नै रहेको देखिन्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सीडीएससीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा क्लोजआउट बापत लगानीकर्ताहरुले १५ करोड ३४ लाख रुपैयाँ बढी जरिवाना तिरेका थिए। आर्थिक वर्ष २०७८/७९ मा भने क्लोजआउट बापत ९ करोड ७८ लाख ९४ हजार रुपैयाँबराबरको रकम लगानीकर्ताले जरिवना तिरेका थिए । तर हाल क्लोजआउट बापतको जरिवनामा भने कही कमी आएको छ ।  

कसरी सकिन्छ जोगिन ?

खासगरी क्लोजआउट सेयरधनीले सेयर बेचेपछि समयमै ईडीआईएस (सेयर हस्तान्तरण) नगर्दा तिर्नुपर्ने जरिवाना हो । अहिले सीडीएससीले टी प्लस २ को सेटलमेन्ट व्यवस्था गरेको छ । यो नियमअनुसार सेयरधनीले आज सेयर बेचेको भोलिपल्ट दिउँसो ३ बजेसम्म मेरो सेयरमा गएर सेयर हस्तान्तरण गर्नुपर्छ । अन्यथा, बेचेको सेयरको कुल मूल्यमा २० प्रतिशतले जरिवना तिर्नुपर्ने हुन्छ । तर, तोकिएको समयमै बेचेको सेयर हस्तान्तरण गरियो भने यस्तो जरिवानाबाट बच्न सकिन्छ ।  

सबैभन्दा पहिले सेयरधनीले मेरो सेयरमा भएको संख्या अनुसार नै सेयर बेच्ने गर्नुपर्छ । टीएमएसमा भएको डीपी होल्डिङमा यथार्थ रेकर्ड नहुन सक्छ । अहिले क्लोजआउटमा पर्नुको मुख्य कारण टीएमएको डीपी होल्डिङको त्रुटि नै हो । यसै त्रुटिलाई लगानीकर्ताले ख्याल नगर्दा धेरै लगानीकर्ता क्लोजआउटमा पर्ने गरेको देखिन्छ ।

क्लोआउटबाट बच्ने दोस्रो उपाय भनेकोे दैनिक एउटा नोट बनाउनु हो । सेयर कारोबार गर्नेले हरेक दिन दिउँसो ३ बजेपछि आफ्नो नोटमा बेचेको सेयरको हिसाब राख्ने बानी बसाल्नुपर्छ । र सोही दिन साँझ ६ बजेपछि तुरुन्त ईडीआईएस गर्न भुल्नु हँदैन ।  

तेस्रो भनेको आफ्नो ब्रोकरलाई चुस्तदुरुस्त राख्नुपर्छ । आफ्नो हरेका कारोबारको मोबाइलमा अनिवार्य म्यासेज पठाउन ब्रोकरलाई आग्रह गर्न सकिन्छ । यदि सेयरधनी विदेशमा छ भने भने अनिवार्य रुपमा आफ्नो कारोबारलाई ई–मेल गर्न लगाउनु पर्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.