खरिद खुला, बिक्रीपछि खाता फ्रिजः सीआईबीको कदमले बजारमा आतंक !
काठमाण्डौ । नयाँ सरकार गठनपछि निरन्तर दबाबमा रहेको सेयर बजारमा राज्यको अर्को निकायको हस्तक्षेपले नयाँ तरंग सिर्जना गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानको दायरामा रहेका केही लगानीकर्तालाई सेयर खरिद गर्न दिए पनि बिक्री भइसकेपछि मात्र हितग्राही खाता रोक्का गरी ईडीआईएस तथा सेटलमेन्टमा अवरोध पुर्याएको घटना बाहिरिएको हो।सीआईबीको पत्रका आधारमा...

