सोमबार, असार २,२०८२ 02:32:14
  • सोमबार, असार २,२०८२ 02:32:14
Global IME Bank Limited

सेयर बजारमा ४२% महिला लगानीकर्ता, युवा विदेश पलायन हुँदा बजार प्रभावित

Hyundai Nepal
सेयर बजारमा ४२% महिला लगानीकर्ता, युवा विदेश पलायन हुँदा बजार प्रभावित
Nabil Bank Limited

काठमाण्डौ । हाल सेयर बजारमा डिम्याट खाता खोल्नेको संख्या ६२ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार नेपालमा हाल डिम्याट खोल्नेको संख्या ६२ लाख ६२ हजार ८१३ जना पुगेको छ ।  

सीडीएसीको तथ्यांक अनुसार कुल संख्यामा ३५ लाख ९८ हजार ८२८ जना पुरुष र २६ लाख ५६ हजार ८६८ जना महिला लगानीकर्ता रहेका छन् । महिला लगानीकर्ताको संख्या कुल संख्याको ४२ प्रतिशत हुन आउँछ । कुल डिम्याट खोल्नेमा ५४ जना अन्य वर्गका छन् ।  

सेयर बजारमा २६ लाख भन्दा बढी महिला लगानीकर्ता रहेता पनि प्रायः ब्रोकर हाउसहरुमा भने महिला लगानीकर्ताहरुको उपस्थिति शुन्य रहेको पाइन्छ । ब्रोकर हाउसहरुमा आक्कल झुक्कल देखिने महिला लगानीकर्ताहरु बजार घटेको समयमा भने देखिदैनन् ।  

त्यसै गरि, १८ वर्ष मुनिका ७ लाख ८० हजार २८० जना र १८ वर्षदेखि ३० वर्षसम्मको उमेर समूहमा १९ लाख ४१ हजार ८१६ जना रहेका छन् । यो भनेको कुल लगानीकर्ताको ३१ प्रतिशत हिस्सा हो । ३१ देखि ४१ वर्ष उमेर समूहमा १४ लाख ४० हजार ४३६ जना रहेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसै गरि ६१ बर्ष देखि ७० बर्षसम्मको उमेर समूहमा ३ लाख २८ हजार ४०९ जना र ७० वर्षभन्दा माथिको समूहमा १ लाख ७० हजार ९२५ जना लगानीकर्ता रहेको सीडीएसीको तथ्यांकले देखाउँछ । उमेर समूह मार्फत हेर्दा सबै भन्दा बढी १८ बर्ष देखि ३० बर्षका समूहमा धेरै लगानीकर्ता रहेको देखिन्छ ।  

पछिल्लोपटक युवा वर्ग देशबाटै बाहिरिने क्रम बढ्दा अन्य व्यवसाय जस्तै पूँजीबजार पनि प्राभाबित बनेको छ । डिम्याट खाता खोले ता पनि यो समूहका लगानीकर्ता हाल बजारमा ५ लाख पनि नभएको सीडीएसी स्रोतले दावी गरेको छ । स्रोतका अनुसार उपभोग तथा आक्रामक सेयर कारोबार गर्ने भनेका युवा नै हुन् । तर यो समूह नेपालमा पूँजीबजार सिकेर विदेश पलायन भएपछि विदेशकै बजारप्रति आकर्षण हुन सक्ने ब्रोकरहरुको पनि दाबी छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.