नेपालमा २१% जनसंख्या सेयर बजारमा, डिम्याट खाताको संख्या ६४ लाख नाघ्यो
काठमाण्डौं । धितोपत्रको दोस्रो बजारमा डिम्याट खाताको संख्या ६४ लाख १५६ पुगेको छ । यो भनेको नेपालको कुल जनसंख्याको २१ प्रतिशत हुन आउँछ । हाल नेपालमा ५६ लाख ४३ हजार ८४५ घर धुरी रहेका छन । यस हिसाबले एक घर एक डिम्याट खाता खोलेको देखिन्छ । नेपालको हाल ३ करोड जनसंख्या रहेको छ ।