काठमाण्डौं । धितोपत्रको दोस्रो बजारमा डिम्याट खाताको संख्या ६४ लाख १५६ पुगेको छ । यो भनेको नेपालको कुल जनसंख्याको २१ प्रतिशत हुन आउँछ ।
हाल नेपालमा ५६ लाख ४३ हजार ८४५ घर धुरी रहेका छन । यस हिसाबले एक घर एक डिम्याट खाता खोलेको देखिन्छ । नेपालको हाल ३ करोड जनसंख्या रहेको छ ।
यो सँगै मेरो सेयरको संख्या ५४ लाख ५८ हजार ७२९ पुगेको छ । सक्रिय मेरो सेयरको संख्या भने ३६ लाख २९ हजार ४९३ जना पुगेको छ । दोस्रो बजारमा हाल ९२ वटा ब्रोकर कम्पनी रहेका छन् भने ११० वटा डीपी होल्डर्स रहेका छन् ।
सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ४३ पुगेको छ भने म्यूचुअल फण्डहरुको संख्या भने ४६ पुगेको छ । सेन्ट्रल केवाइसी लिने संस्थाहरुको संख्या भने ७८ पुगेको छ । योसँगै टीएमएस लिनेको संख्या पनि २३ लाख पुगेको छ ।