काठमाण्डौं । सेयर लगानीकर्ताहरुले नयाँ आर्थिक वर्ष लागेसँगै आफ्नो डिम्याट खाता र मेरो सेयर नविकरण गर्नु पर्ने हुन्छ । सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मेरो सेयर लगानीकर्ताहरुले अघिल्लोपटक नविकरण गरेको एक वर्षमा गर्नु पर्ने हुन्छ । तर डीम्याट खाता भने हरेक आर्थिक वर्ष सकिने वित्तिकै नविकरण गर्नुपर्ने हुन्छ ।
यस्तो नविकरण लगानीकर्ताहरुले विभिन्न भुक्तानीका माध्यमबाट अनलाइनमार्फत नै गर्न पनि सक्छन् । डीपीहरुले लगानीकर्तालाई मेरो सेयर एक वर्षको ५० रुपैयाँ र डीम्याटको एक सय रुपैयाँ चार्ज गर्दै आएका छन् । कतिपय ब्रोकर तथा डीपीहरुले मेरो सेयर लगानीकर्ताहरुको लागि निःशुल्क पनि गरेका छन् भने केहीले लामो सयम अवधिको पनि एकैपटक शुल्क लिने गरेका छन् । एक वर्षभन्दा बढी समय अवधिको एकै पल्ट शुल्क तिर्नेको हकमा भने नविकरण गरि राख्नु पर्दैन ।
नविकरण शुल्क भुक्तानी नगरेमा भने डिम्याट खाता रोक्का÷फ्रिज हुने गर्छ ।
हाल दर्ता भएका मेरो सेयर लिने लगानीकर्ताहरुको संख्या ५३ लाख ६७ हजार भन्दा बढी रहेका छन् भने एक्टिभ मेरो सेयर लिनेको सँख्या ३५ लाख २३ हजार रहेको छ । त्यसैगरि, डीम्याट खाताको संख्या ६३ लाख १३ हजार पुगेको छ ।