बुधबार, चैत्र २०,२०८१ 12:53:21
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:53:21
IME remit
Global IME Bank Limited

बीओ टु बीओमा ब्रोकर पनि सहमत, अक्सनलाई पनि अनलाइन बनाउने विषयमा छलफल सुरु

सिडिएससीका प्रवक्ता भन्छन्-‘अब सेयर हस्तान्तरण मोबाइल बैकिङबाट पैसा पठाएजस्तै सहज’

Hyundai Nepal
बीओ टु बीओमा ब्रोकर पनि सहमत, अक्सनलाई पनि अनलाइन बनाउने विषयमा छलफल सुरु
Nabil Bank Limited

काठमाण्डौं । अन्ततः बीओ टु बीओ अनलाइन बनाउने विषयमा ब्रोकरहरु पनि सकारात्मक देखिएका छन् ।  

सीडीएसीले लगानीकर्ताको सहजताका लागि भनेर बीओ टु बीओ(एक डीपीबाट अर्को डीपीमा अनलाइनबाटै सेयर हस्तान्तरण विधि) ल्याउन लागेको छ ।  

यसै विषयलाई लिएर सीडीएसी, अन्य डीपी र ब्रोकरहरुबीच हालै छलफल भएको सीडीएसीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए ।  

'अब उहाँहरु सहमत हुनुहुन्छ । योसँगै हामीले यसलाई अगाडि बढाउने तयारी थालेका छौं । योबाहेक मृत्यु दर्ता नामसारी, एकाघर परिवारको नामसारी पनि कसरी अनलाईन बनाउन सकिन्छ भनेर छलफल गरिएको छ ।' आचार्यले भने-'अक्सन मार्केटलाई पनि कसरी अनलाइन बनाउन सकिन्छ भनेर छलफल सुरु गरेका छौं ।' 

Shivam Cement
Bizshala
CG Motors

स्टक ब्रोकर एसोसिएशन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले पनि बीओ टु बीओ सम्बन्धी व्यवस्थाले सेयर कारोबारलाई कुनै प्रभाव नपार्ने भएकोले यसलाई कार्यान्वयन गर्ने विषयमा कुनै विमति नरहेको बताए ।  

'यसले सेयर कारोबारलाई झनै सहज बनाउँछ । उधारो रोकिन्छ भने त्यो पनि राम्रै हो ।' उनले बिजशालासँग भने-'हामीले नेपालको कारोबार अन्तरराष्ट्रिय स्तरको  बनाउने भन्ने, तर प्रविधि भित्र्याउन चाहि डराएर हुँदैन ।'  

उनले यो व्यवस्थाका कारण केही समयका लागि बजारलाई असर गर्नसक्ने आशंका पनि व्यक्त गरे । 'तर अब बजार आफ्नो क्षमताअनुसार चल्छ, चल्नुपर्छ ।' उनले थपे-'यसले बजारमा दीर्घकालीन प्रभाव पार्दैन । ग्राहकले आफ्नो क्षमताअनुसारको सेयर कारोबार गर्नुपर्छ, यो त राम्रो पक्ष हो नि ।'  

कसैले सेयर नै साटफेर गरेर पनि कारोबार गर्नसक्छ । तर यसका लागि रियलटाइम कारोबार(आज खातामा आएको सेयर आजै बेच्न मिल्ने) व्यवस्था पनि हुनुपर्ने उनको सुझाव छ ।  

स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अर्का पूर्वअध्यक्ष सन्तोष मैनालीले पनि सीडीएसीले कार्यान्वयनमा ल्याउन लागेको बीओ टु बीओ अनलाइन प्रविधि सकारात्मक नै रहेको जानकारी दिए । वित्तीय जोखिम नै हुने अवस्थामा सीडीएससीले  डीपी–डीपी बीच ‘क्लज’ राख्नसक्ने उनको सुझाव छ ।  

सेयर हस्तान्तरण हुँदा पुरानो डीपीले ग्राहकबाट आएको अनुरोधलाई भेरिफाई गरेर मात्रै प्रक्रिया अगाडि बढ्ने व्यवस्था राखिनुपर्नेमा उनले जोड दिए । उनले भने-'डीपीमा हामीले एकजना कर्मचारी नै खटाएका हुन्छौ । एकजना पूर्णकालीन कर्मचारी नै हुने भएकोले यसले कारोबारलाई कुनै प्रभाव पार्दैन । बरु बजार अझ सहज र व्यवस्थित बनाउँदै लग्छ ।'  

स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले यस बिषयमा सीडीएसीसँग छलफल भएको पुष्टि गरे । उनले भने-'सीडीएसीसँग जोखिम ब्यास्थापन गरेर अगाडि बढ्ने विषयमा सल्लाह भएको छ । सकेसम्म कम जोखिम हुने गरी बीओ टू बीओलाई अगाडि बढाउनुपर्र्ने हामीले सुझाएका छौं ।'  

सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेले बीओ टु बीओ ब्रोकर तथा सबै डीपीसँगको सल्लाहअनुसार नै कार्यान्वयनमा ल्याउन लागिएको दाबी गरे । 'यो लगानीकर्ताहरुकै सहजताका लागि हो । लगानीकर्ताले सामान्य कामका लागि दौडधूप गर्नुपर्ने समस्या हट्छ ।' उनले भने-'अब सेयर पनि मोबाइल बैकिङमा पैसा पठाएजस्तै सहज हुने भयो । एकै व्यक्तिको सेयर एउटाबाट अर्को डीपीमा सहजै पठाउन सकिनेछ ।'

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.