सोमबार, असार २,२०८२ 02:29:57
  • सोमबार, असार २,२०८२ 02:29:57
Global IME Bank Limited

सीडीएससीमा ३ दिनदेखि विद्युत आपूर्ति ठप्प, कुनै पनि बेला सेयर राफसाफ अवरुद्ध हुन सक्ने

Hyundai Nepal
सीडीएससीमा ३ दिनदेखि विद्युत आपूर्ति ठप्प, कुनै पनि बेला सेयर राफसाफ अवरुद्ध हुन सक्ने
Nabil Bank Limited

काठमाण्डौं । पुतलीसडकस्थित सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा ३ दिनदेखि विद्युत आपूर्ति ठप्प भएको छ । सीडीएसीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पूर्णप्रसाद आचार्यले दिएको जानकारी अनुसार पुतलीसडकको एक विद्युत ट्रान्सफर्मर ३ दिन अघि आगलागि हुँदा विद्युत आपूर्तिमा समस्या आएको हो ।  

सीईओ आचार्यले भने,‘हामीले विद्युत प्राधिकरणलाई सीडीएसीको डेटा सेन्टर चलाउन विद्युत अति आवश्यक रहेको भन्दै जतिसक्दो चाडो विद्युत आपूर्ति सुचारु गर्न अनुरोध गरेका छौं । तर प्राधिकरणले समयमा नै विद्युत आपूर्तिको व्यबस्था गरेको छैन ।’  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विद्युतको अभावमा अहिले ब्याकअपमार्फत दैनिक कार्य सञ्चालन भईरहेको आर्चायले बताए । ब्याकअपले पनि लामो समय काम गर्न नसक्ने भएकाले सीडीएसीको सिस्टममा समस्या आएर सेयर राफसाफमा समस्या पर्न सक्ने आचार्यले चतावनी दिए ।  

विद्युत आपूर्ति ठप्प भएपछि यस क्षेत्रमा रहेका आन्तरिक राजश्व कार्यालय, अन्य सकारी कार्यालय, बैक तथा वित्तिय क्षेत्र जस्ता महत्वपूर्ण कार्यालयहरु पनि प्रभावित बन्न पुगेका छन् । यस विषयमा बुझ्ने प्रयास गर्दा विद्युत प्राधिकरणका कुनै पनि अधिकारी सम्पर्कमा आउन चाहेनन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.