शनिबार, जेष्ठ ९,२०८३ 11:35:33
Bizshala
  • शनिबार, जेष्ठ ९,२०८३ 11:35:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एमालेभित्र नेतृत्व विवाद चर्कियो, सचिवालयमै अल्पमतमा परे अध्यक्ष ओली

Laxmi Sunrise Bank Limited
एमालेभित्र नेतृत्व विवाद चर्कियो, सचिवालयमै अल्पमतमा परे अध्यक्ष ओली
Shivam Cement

काठमाण्डौं । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली माथि पार्टीभित्रैबाट दबाब बढ्दै गएको छ ।  

पछिल्लो बैठकका छलफलहरूले एमालेको आन्तरिक शक्ति सन्तुलनमा परिवर्तनको संकेत दिएको नेताहरूले बताएका छन् ।

Bizshala
New Office
CG Motors

शनिबार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई ले समेत अध्यक्ष ओलीको नेतृत्व शैली र कार्यसम्पादनबारे पुनर्विचार आवश्यक रहेको धारणा राखेपछि पार्टीभित्र वैकल्पिक सोच बलियो बन्दै गएको देखिएको हो ।

बैठकमा सहभागी १५ पदाधिकारीमध्ये ओलीको पक्षमा स्पष्ट रूपमा उभिनेमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत मात्र देखिएको दाबी नेताहरूले गरेका छन् ।  

बाँकी अधिकांश पदाधिकारीले पार्टी पुनर्गठन र नेतृत्व संरचनामा परिवर्तन आवश्यक रहेको संकेत गरेको बताइएको छ ।

महासचिव पोखरेलले बैठकमा पार्टीलाई गतिशील बनाउन नेतृत्वले आवश्यक कदम चाल्नुपर्ने भन्दै “यथास्थितिमा पार्टी अघि बढ्न सक्दैन” भन्ने सन्देश दिएका थिए ।  

यसलाई सचिवालयभित्र नेतृत्व परिवर्तनसम्बन्धी बहस अझै गहिरिँदै गएको संकेतका रूपमा हेरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

आइतबारको बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले पनि आ–आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।

यसअघि बोलेका अधिकांश पदाधिकारीहरूले नेतृत्व सुधार वा पुनर्संरचनाको पक्षमा सुझाव दिएको स्रोतहरूको भनाइ छ ।

एमालेको १९ सदस्यीय सचिवालयमा देखिएको पछिल्लो मतभेदले पार्टी नेतृत्व र आगामी रणनीतिबारे गम्भीर बहस शुरु भएको छ ।  

तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका ओलीमाथि अहिले कार्यशैली सुधार वा नेतृत्व हस्तान्तरणको दबाब बढ्दै गएको देखिन्छ ।

यता ओली पक्षका नेताहरूले भने संकटको अवस्थामा नेतृत्व कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गर्दै पार्टी एकता र स्थिरता कायम राख्नुपर्ने तर्क प्रस्तुत गरिरहेका छन् ।  

तर, सचिवालयभित्रको पछिल्लो बहसले एमालेभित्र शक्ति सन्तुलन परिवर्तनतर्फ उन्मुख भएको संकेत गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.