सोमबार, जेष्ठ ११,२०८३ 02:52:30
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 02:52:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ईपीएस पास युवाको आक्रोश : “पास गर्‍यौं, कोरिया कहिले जाने ? ”

Laxmi Sunrise Bank Limited
ईपीएस पास युवाको आक्रोश : “पास गर्‍यौं, कोरिया कहिले जाने ? ”
Shivam Cement

काठमाण्डौं । माइतीघर मण्डलामा सोमबार ईपीएसमार्फत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सडक प्रदर्शन गर्दै सरकारसँग तत्काल रोजगारी प्रक्रिया अघि बढाउन माग गरेका छन् ।  

भाषा परीक्षा पास गरेर सबै प्रक्रिया पूरा गरे पनि वर्षौँसम्म कोरिया जान नपाएको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।

Bizshala
New Office
CG Motors

“पास गरेकोलाई न्याय चाहियो”, “रोस्टरमा परेकालाई तुरुन्त पठाऊ”, “युवाको भविष्यसँग खेल्न पाइँदैन” जस्ता नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले ईपीएस प्रणालीको ढिलासुस्ती र कमजोर व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् ।

प्रदर्शनकारीहरूको भनाइमा दक्षिण कोरियाली रोजगारदाताको ‘रोस्टर’ मा नाम आएपछि पनि श्रम सम्झौता नआउँदा हजारौँ युवा लामो समयदेखि अन्योलमा छन् ।  

कोभिड महामारीपछि श्रम आपूर्ति प्रक्रिया अस्तव्यस्त बनेको, सीमित कोटा तथा प्रशासनिक जटिलताका कारण समस्या थप चर्किएको उनीहरूको आरोप छ ।

युवाहरूले भाषा कक्षा, स्वास्थ्य परीक्षण, सीप तालिम र कागजी प्रक्रियामा ठूलो रकम खर्च गरेको तर अझै रोजगारका लागि जान नपाउँदा आर्थिक तथा मानसिक दबाब झेल्नुपरेको बताएका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

कतिपयले उमेर सीमा कट्ने डरका कारण आफूहरू थप तनावमा परेको बताएका छन् ।

प्रदर्शनकारीहरूले सरकारले दक्षिण कोरियासँग प्रभावकारी वार्ता गरी श्रम कोटा बढाउन, रोस्टरमा रहेका युवालाई प्राथमिकता दिन तथा सम्पूर्ण प्रक्रिया पारदर्शी र समयबद्ध बनाउनुपर्ने माग गरेका छन् ।

दक्षिण कोरिया नेपाली युवाका लागि आकर्षक वैदेशिक रोजगार गन्तव्य मानिन्छ ।  

उच्च तलब, श्रमिक सुरक्षा र कानुनी प्रक्रियामार्फत रोजगारीको अवसर पाइने भएकाले हरेक वर्ष ठूलो संख्यामा युवा ईपीएस परीक्षामा सहभागी हुने गरेका छन् ।  

तर, परीक्षा पास गरेपछि समेत वर्षौँ प्रतीक्षा गर्नुपर्दा धेरै युवामा निराशा र असन्तोष बढ्दै गएको देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.