ईपीएस पास युवाको आक्रोश : “पास गर्यौं, कोरिया कहिले जाने ? ”
काठमाण्डौं । माइतीघर मण्डलामा सोमबार ईपीएसमार्फत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सडक प्रदर्शन गर्दै सरकारसँग तत्काल रोजगारी प्रक्रिया अघि बढाउन माग गरेका छन् । भाषा परीक्षा पास गरेर सबै प्रक्रिया पूरा गरे पनि वर्षौँसम्म कोरिया जान नपाएको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।

