बिहीबार, जेष्ठ १४,२०८३ 10:06:32
Bizshala
  • बिहीबार, जेष्ठ १४,२०८३ 10:06:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

Laxmi Sunrise Bank Limited
आज बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा
Shivam Cement

काठमाण्डौ । मुस्लिम समुदायको दोस्रो महान् धार्मिक पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा, उत्साह र धार्मिक विधिअनुसार मनाइँदैछ। पर्वका अवसरमा मुस्लिम धर्मावलम्बी बिहानै मस्जिद तथा इदगाहमा भेला भई सामूहिक नमाज अदा गर्दै एकअर्कामा शुभकामना आदानप्रदान गरेका छन्।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

काठमाण्डौको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदसहित देशका विभिन्न मस्जिद तथा इदगाह क्षेत्रमा बिहानैदेखि श्रद्धालुको उपस्थिति हुने गर्छ । सरकारले पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। यसर्थ आज सेयरबजार, बीमा कम्पनी, सरकारी संस्थाहरु र शैक्षिक संस्थाहरु बन्द रहनेछन् ।

Bizshala
New Office
CG Motors

इस्लाम धर्मावलम्बीका अनुसार बकर इद त्याग, विश्वास र समर्पणको प्रतीकका रूपमा मनाइन्छ। धार्मिक मान्यताअनुसार अल्लाहको आदेश पालना गर्दै इब्राहिम आफ्ना प्रिय पुत्र इस्माइल लाई कुर्बानी दिन तयार भएका थिए। इब्राहिमको आस्था र निष्ठाबाट प्रसन्न भई अल्लाहले मानवको सट्टा दुम्बाको कुर्बानी स्वीकार गरेको विश्वास मुस्लिम समुदायमा रहिआएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

यही घटनाको सम्झनामा मुस्लिम समुदायले बकर इदका अवसरमा जायज जनावरको कुर्बानी दिने परम्परा निर्वाह गर्दै आएका छन्। मुस्लिम समुदायले बकर इद तीन दिनसम्म मनाउने गर्छन्। यस अवधिभर धार्मिक विधिअनुसार नमाज, कुर्बानी तथा सामाजिक भेटघाटका कार्यक्रम हुने गर्छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.