Bizshala
  • बुधबार, जेष्ठ २०,२०८३ 08:31:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

फ्लाइ दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न इच्छुक

Laxmi Sunrise Bank Limited
फ्लाइ दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न इच्छुक
Shivam Cement

काठमाण्डौ । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ आशाको संकेत देखिएको छ। विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरी पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका सम्भावनाबारे छलफल गरेका छन् ।

भेटवार्तामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन क्षमता, दुबई–पोखरा सिधा हवाई सम्पर्क स्थापना गर्ने सम्भावना, पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्डका विषयमा विचार आदानप्रदान भएको थियो। उड्डयन सुरक्षा र जोखिम व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका लुकाजले फ्लाइ दुबई पोखरासँग हवाई सम्पर्क विस्तार गर्न इच्छुक रहेको बताएका छन् ।

Bizshala
New Office
CG Motors

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि महानगरले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै सिधा हवाई सम्पर्कले नेपाल र संयुक्त अरब इमिरेट्सबीचको पर्यटन तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले कम्पनीलाई पोखराबाट उडान सञ्चालनका लागि सकारात्मक पहल गर्न आग्रहसमेत गरे ।

Garima Development Bank
Shivam Cement
Bizshala

लुकाजले पोखराको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाबाट आफू प्रभावित भएको बताउँदै फ्लाइ दुबईको उपस्थितिले पोखरा तथा समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने धारणा राखे ।

चीनको सहयोगमा २२ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.