बिहीबार, असार ११,२०८३ 02:21:21
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:21:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रवि लामिछाने र नरेन्द्र मोदीबिच आज भेटवार्ता हुँदै

Laxmi Sunrise Bank Limited
रवि लामिछाने र नरेन्द्र मोदीबिच आज भेटवार्ता हुँदै

काठमाण्डौ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दैछन् । भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेले यसअघि भाजपा अध्यक्ष नितिन नवीन, भारतीय विदेशमन्त्री एस. जयशंकर तथा अन्य उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिसकेका छन्।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य, राजनीतिक दलबीचको सम्बन्ध विस्तार तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको बताइएको छ।

New Office
CG Motors
Garima Development Bank

विशेष चासोको विषय भने भारतीय पक्षले लामिछानेलाई दिएको असाधारण स्वागत बनेको छ। भाजपा मुख्यालयमा गरिएको भव्य स्वागतलाई सामान्य पार्टीगत भ्रमणभन्दा फरक रूपमा हेरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो भ्रमण केवल रास्वपा र भाजपाबीचको सम्बन्ध विस्तारमा सीमित छैन। नेपालमा नयाँ राजनीतिक शक्ति बनेर उदाएको रास्वपामार्फत भारतले नेपालको बदलिँदो राजनीतिक समीकरण बुझ्ने प्रयास गरिरहेको संकेतका रूपमा पनि यसलाई हेरिएको छ।

विशेषगरी प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण अनिश्चित रहेका बेला सत्तारूढ दलका प्रमुख नेताको उच्चस्तरीय राजनीतिक भेटघाटलाई अर्थपूर्ण मानिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपि, भ्रमणकै क्रममा भारतले नेपालसँगको सीमा विवादमा कुनै तेस्रो पक्षको भूमिका स्वीकार नगर्ने आफ्नो पुरानै अडान पुनः दोहोर्‍याएको छ। यसले मित्रवत् राजनीतिक संवादसँगै संवेदनशील द्विपक्षीय मुद्दामा नयाँ दिल्लीको स्पष्ट सन्देश पनि झल्काएको विश्लेषण गरिएको छ।

रास्वपा अध्यक्ष लामिछाने नेतृत्वको टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.