काठमाण्डौ । वैशाख ८ गते अर्थात शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै शनिबार बिदाका दिनपनि आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।
यो दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि १.३० बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ । विकास ऋणपत्र‘ट’ को अर्ध–वार्षिक ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली सञ्चालन हुन लागको हो ।