Bizshala
  • सोमबार, जेष्ठ २५,२०८३ 01:08:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

असन्तुष्टिबीच २० दिनको बिदापछि काममा फर्किइन् वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल

Laxmi Sunrise Bank Limited
असन्तुष्टिबीच २० दिनको बिदापछि काममा फर्किइन् वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल
Shivam Cement

काठमाण्डौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लामो बिदापछि पुनः कार्यस्थलमा फर्किएकी छन् ।  

करिब २० दिनको अनुपस्थितिपछि उनी सोमबारदेखि नियमित काममा सहभागी भएकी हुन् ।

Bizshala
New Office
CG Motors

प्रधान न्यायाधीश मनोजकुमार शर्मा नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् ।  

सोही बिदापछि उनी पहिलो पटक सर्वोच्च अदालतमा उपस्थित भएकी हुन् ।

अदालत स्रोतका अनुसार उनले आजदेखि नै मुद्दा सुनुवाइमा सहभागिता जनाउनेछिन् ।  

उनको एकल तथा संयुक्त इजलासमा विभिन्न मुद्दाहरू पेशीमा रहेका छन् ।

यसअघि प्रधान न्यायाधीश शर्माले पदभार ग्रहण गर्नु अघि मल्ल स्वयंले कायममुकायम प्रधान न्यायाधीशको हैसियतमा बिदा स्वीकृत गरेकी थिइन् । 

Garima Development Bank
Shivam Cement
Bizshala

सर्वोच्च अदालतको वरीयताक्रममा पहिलो नम्बरमा रहेकी मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाललाई पछाडि पार्दै चौथो नम्बरका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरिएपछि असन्तुष्टि चुलिएको बताइन्छ ।

नवनियुक्त प्रधान न्यायाधीश शर्मालाई स्वागत गर्ने औपचारिक कार्यक्रममा समेत मल्ल अनुपस्थित रहेकी थिइन् ।  

त्यस अवसरमा वरीयतामा दोस्रो स्थानमा रहेका न्यायाधीश कुमार रेग्मीले स्वागत गरेका थिए ।

मल्लको पुनरागमनसँगै सर्वोच्च अदालतभित्रको वातावरण र आन्तरिक समन्वयप्रति चासो फेरि बढेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.