सोमबार, श्रावण १८,२०८३ 05:47:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:47:40
Bizshala
Global IME Bank Limited

भारतीय शेयर बजारमा भारी गिरावट, सेन्सेक्स ८०० अंकभन्दा बढीले खस्यो

भारतीय शेयर बजारमा भारी गिरावट, सेन्सेक्स ८०० अंकभन्दा बढीले खस्यो
New Office

काठमाण्डौं । साताको पहिलो कारोबार दिन भारतीय शेयर बजारमा भारी गिरावट देखिएको छ ।  

बजार खुलेलगत्तै बीएसई सेन्सेक्स ८२१ अंकले घटेर ७३,४२१ को स्तरमा पुगेको छ भने एनएसई निफ्टी–५० पनि २८६ अंकले घट्दै २३,०८० को स्तरमा कारोबार शुरु भएको छ । 

प्रारम्भदेखि नै अधिकांश सूचकांक रातो (नकारात्मक) क्षेत्रमा रहेका छन् ।

मिड र स्मल क्यापमा पनि दबाब

ठूला कम्पनीका सेयर मात्र होइन, मिडक्याप र स्मॉलक्याप सूचकांकमा पनि व्यापक बिक्री चाप देखिएको छ ।

दुवै सूचकांक १.५ प्रतिशतभन्दा बढीले घटेका छन्, जसले बजारमा लगानीकर्ताको मनोबल कमजोर भएको संकेत गर्छ ।

भूराजनीतिक तनावको असर

इजरायलमाथि इरानले गरेको मिसाइल आक्रमणपछि उत्पन्न भूराजनीतिक तनावले विश्व बजारमा असर पारेको छ ।  

बढ्दो अस्थिरताका कारण लगानीकर्ताले जोखिम कम गर्न सेयर बजारबाट पैसा निकाल्न थालेका छन् ।  

यसैबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढ्दै गएको छ, जसले भारतीय अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।

एशियाली बजारमा तीव्र गिरावट

एशियाली बजारहरूमा पनि ठूलो गिरावट देखिएको छ ।  

दक्षिण कोरियाको कोस्पी सूचकांक ८ प्रतिशतभन्दा बढीले घट्दा बजारमा अफरातफरी मच्चिएको छ ।  

जापानको निक्केई सूचकांक करिब २,७८० अंकले घटेर ६३,८०४ मा झरेको छ ।  

हङकङको हाङसेङ सूचकांक पनि करिब १.३४ प्रतिशतले घटेर २४,६३० मा कारोबार भइरहेको छ ।

अमेरिकी बजार र फेड नीति प्रभाव

अमेरिकी बजारसँग सम्बन्धित फ्युचर्स पनि दबाबमा देखिएका छन् ।  

डाउ जोन्स फ्युचर्स ०.२५ प्रतिशतले घटेको छ भने एसएन्डपी ५०० र नास्ड्याक फ्युचर्स करिब ०.२ प्रतिशतले कमजोर भएका छन् ।

शुक्रबार अमेरिकी बजार पनि कमजोर बन्द भएको थियो ।  

बलियो रोजगारी तथ्यांकले फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने अपेक्षा कमजोर बनाएको छ, जसले १० वर्षे अमेरिकी बन्ड यील्ड ४.५ प्रतिशतभन्दा माथि पुर्‍याएको छ ।

कच्चा तेलको मूल्य उकालो

कच्चा तेलको मूल्यमा पनि वृद्धि देखिएको छ ।  

डब्लुटिआई क्रूड २.१६ प्रतिशतले बढेर ९२.५० डलर प्रति ब्यारेल पुगेको छ भने ब्रेन्ट क्रूड २.३५ प्रतिशतले बढेर ९५.२८ डलरमा कारोबार भइरहेको छ ।

अमेरिकी डलर सूचकांक र रुपैयाँ

अमेरिकी डलर सूचकांक ९म्ह्थ्० ०.०३ प्रतिशतले घटेर १००.०४ मा कारोबार भइरहेको छ ।  

नेपाली रुपैयाँ भने ५ जुनमा डलरको तुलनामा ०.८९ प्रतिशतले कमजोर हुँदै ९४.९५ मा बन्द भएको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.