बुधबार, असार २४,२०८३ 06:08:54
Bizshala
  • बुधबार, असार २४,२०८३ 06:08:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नक्कली उद्धार काण्ड आर्थिक अपराधतर्फ मोडियो, ३३ जनामाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान शुरु

Laxmi Sunrise Bank Limited
नक्कली उद्धार काण्ड आर्थिक अपराधतर्फ मोडियो, ३३ जनामाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान शुरु

काठमाण्डौ ।  ‘फेक रेस्क्यू’ प्रकरणमा जोडिएका ३३ जनामाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरण सम्बन्धी नयाँ चरणको अनुसन्धान सुरु गरेको छ।  

पर्वतारोहणका क्रममा पर्यटक बिरामी परेको झूटो विवरण बनाएर नक्कली उद्धारमार्फत बीमा दाबी गरिएको घटनाले अब आर्थिक अपराधको कोणबाट पनि अनुसन्धान पाएको हो।

New Office
CG Motors
Garima Development Bank

सीआईबीका अनुसार पहिलो चरणमा ‘संगठित रूपमा राष्ट्रहितविपरीत काम गरेको’ आरोपमा अनुसन्धान गरी मुद्दा अदालतसम्म पुगेको थियो।  

सोही फाइललाई आधार बनाएर दोस्रो चरणमा सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत विस्तृत अनुसन्धान अघि बढाइएको सीआईपीले जनाएका छ ।  

यस प्रकरणमा प्रारम्भमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको भएपनि सरकारी वकिलको कार्यालयले ३२ जनालाई मात्र प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।  

पछि हवाई विज्ञ राजेन्द्रबहादुर सिंहविरुद्ध पनि अभियोजन अघि बढाइएको थियो, जसले अनुसन्धान प्रक्रियामा थप विवाद र पुनः मूल्यांकनको अवस्था सिर्जना गरेको देखिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अनुसन्धान अनुसार नक्कली उद्धार, बीमा दाबी र रकम प्रवाहमा विभिन्न ट्रेकिङ, उद्धार कम्पनी तथा स्वास्थ्य संस्थाहरूको संलग्नता देखिएको दाबी छ।  

अदालतले पहिलो चरणमै केही प्रतिवादीलाई धरौटीमा रिहा गरेको थियो भने केही फरार रहेको विवरण पनि छ।

सीआईबीले अबको अनुसन्धानमा अवैध आम्दानीको स्रोत, रकमको प्रवाह र त्यसलाई वैध बनाउने प्रयासमाथि केन्द्रित गर्ने जनाएको छ।  

यसले यो प्रकरणलाई केवल ‘रेस्क्यू घोटाला’ मात्र नभई संगठित आर्थिक अपराध र अन्तर्राष्ट्रिय बीमा प्रणाली दुरुपयोगको मुद्दाका रूपमा पनि अगाडि बढाएको छ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X