बुधबार, असार २४,२०८३ 02:53:18
Bizshala
  • बुधबार, असार २४,२०८३ 02:53:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काभ्रेको बस दुर्घटनाबारे प्रहरीको उच्चस्तरीय अनुसन्धान शुरु, दुर्घटनाको कारण पत्ता लगाउन एसएसपी थापाको नेतृत्वमा समिति

Laxmi Sunrise Bank Limited
काभ्रेको बस दुर्घटनाबारे प्रहरीको उच्चस्तरीय अनुसन्धान शुरु, दुर्घटनाको कारण पत्ता लगाउन एसएसपी थापाको नेतृत्वमा समिति

काठमाण्डौ । शुक्रबार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

६ सदस्यीय समिति गठन गरिएको समितिको संयोजकमा नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापा रहेका छन्।

New Office
CG Motors
Garima Development Bank

समितिमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रवीन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल तथा इलाका प्रहरी कार्यालय देवीटार महाभारतका प्रहरी हबल्दार बासुदेव खड्का सदस्यका रूपमा रहेका छन्।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समितिलाई दुर्घटनाको कारण, घटनास्थलको अवस्था तथा सम्भावित जिम्मेवारी पहिचान गर्दै सात दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

शुक्रबार भएको उक्त दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। 

घटनापछि सरकारले पनि घटनाको सत्यतथ्य पत्ता लगाउन छुट्टै उच्चस्तरीय छानबिन अघि बढाउन निर्देशन दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X