काभ्रेको बस दुर्घटनाबारे प्रहरीको उच्चस्तरीय अनुसन्धान शुरु, दुर्घटनाको कारण पत्ता लगाउन एसएसपी थापाको नेतृत्वमा समिति
काठमाण्डौ । शुक्रबार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।६ सदस्यीय समिति गठन गरिएको समितिको संयोजकमा नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापा रहेका छन्।

