काठमाण्डौ । मधेश प्रदेश सरकारले नयाँ सवारी साधन खरिदमा रोक लगाउने भएको् छ । मधेशका अर्थमन्त्री वराज भट्टराईले प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नयाँ सवारी साधन खरिदमा रोक लगाइनुका साथै आगामी आवमा अत्यावश्यकबाहेक सभा, सम्मेलन, सेमिनार, गोष्ठी र इन्धन खर्चमा पनि रोक लगाइने बताए ।
यस्तै उनले अब मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ९ सदस्यीय मात्र रहने प्रावधान ल्याएको जानकारी समेत दिए ।

