बुधबार, असार २४,२०८३ 11:51:24
Bizshala
  • बुधबार, असार २४,२०८३ 11:51:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुन प्रतितोला २ लाख ९८ हजार ५ सय पुग्यो, चाँदी भने सस्तियो

Laxmi Sunrise Bank Limited
सुन प्रतितोला २ लाख ९८ हजार ५ सय पुग्यो, चाँदी भने सस्तियो

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्दै २ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। 

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले उकालो लागेको थियो।

गत आइतबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको थियो।

सोमबार थप ५ हजार रुपैयाँले बढेर सुनको भाउ २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको थियो।

यसबीच चाँदीको मूल्यमा भने केही कमी आएको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले सस्तिँदै ४ हजार ९९० रुपैयाँमा झरेको छ।

हिजो चाँदीको भाउ १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १५ रुपैयाँ पुगेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुनको मूल्यले गत माघ १५ गते अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको थियो।  

त्यस दिन प्रतितोला २० हजार ५ सय रुपैयाँले मूल्य बढेपछि सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारको इतिहासमै सबैभन्दा उच्च मूल्य हो।

त्यस्तै, चाँदीको मूल्य पनि माघ १५ गते उच्चतम विन्दुमा पुगेको थियो। त्यस दिन चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।  

तर, माघ १८ गते भने यसको मूल्य एकैदिन १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावटका रूपमा दर्ज छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X