बिहीबार, असार ४,२०८३ 09:25:45
Bizshala
  • बिहीबार, असार ४,२०८३ 09:25:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका–इरानबीच ऐतिहासिक १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर

Laxmi Sunrise Bank Limited
अमेरिका–इरानबीच ऐतिहासिक १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर
Shivam Cement

काठमाण्डौ । अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावपूर्ण सम्बन्धलाई अन्त्य गर्ने प्रयासस्वरूप एक ऐतिहासिक १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएको छ।

‘इस्लामावाद समझदारी पत्र’ नाम दिइएको उक्त दस्तावेजमा शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपतिले अनलाइन माध्यमबाट हस्ताक्षर गरेका थिए भने पछि फ्रान्सको भर्साय दरबारमा आयोजित औपचारिक रात्रिभोजका क्रममा ट्रम्पले यसको कागजी प्रतिलिपिमा पनि हस्ताक्षर गरेका छन्।

Bizshala
New Office
CG Motors

पाकिस्तान र कतारको संयुक्त मध्यस्थतामा तयार पारिएको यो समझदारी इरानको अनुरोधअनुसार अंग्रेजी र फारसी दुवै भाषामा तयार गरिएको हो।

दुवै देशले यसलाई आधिकारिक र वैध सम्झौताका रूपमा स्वीकार गरेको बताइएको छ।

सम्झौता सार्वजनिक भएपछि इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले यसलाई इरानको कूटनीतिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्।  

उनले अमेरिकाको दबाबमुखी सैन्य रणनीति असफल भएको दाबी गर्दै यो दस्तावेज त्यसको स्पष्ट प्रमाण भएको टिप्पणी गरेका छन्।  

साथै उनले हर्मुज जलमार्गमा इरानको सार्वभौमिक अधिकार कायम रहने र त्यहाँबाट गुजरने व्यावसायिक जहाजहरूबाट सेवा शुल्क लिने व्यवस्था लागू गरिने बताएका छन्।

यसैबीच अमेरिकाभित्र विशेषगरी रिपब्लिकन पार्टीका केही नेताहरूले सम्झौताप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्।

उनीहरूले ट्रम्प प्रशासनले इरानप्रति अत्यधिक नरम दृष्टिकोण अपनाएको आरोप लगाउँदै यसलाई रणनीतिक कमजोरीका रूपमा आलोचना गरेका छन्।  

तर, अमेरिकी प्रशासनले भने यो दस्तावेज अन्तिम शान्ति सम्झौता नभई आगामी ६० दिनको वार्ताका लागि प्रारम्भिक रूपरेखा मात्र भएको स्पष्ट पारेको छ।

यस पहललाई जी–सेभेन राष्ट्रहरूले सकारात्मक रूपमा स्वागत गरेका छन्।  

मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि यस सम्झौताले तत्काल प्रभाव पार्ने बताउँदै हर्मुज जलमार्ग खुला हुने र केही आर्थिक प्रतिबन्धहरू खुकुलो हुने संकेत गरेका छन्।

उता इरानी विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिँदै जेनेभामा हुने भनिएको औपचारिक हस्ताक्षर समारोह अब औपचारिकता मात्र रहने बताएका छन्, किनभने प्रारम्भिक डिजिटल हस्ताक्षर प्रक्रिया पहिले नै सम्पन्न भइसकेको छ।

१४ बुँदे सम्झौताको विवरण

१. युद्धको पूर्ण र स्थायी अन्त्य: अमेरिका, इरान र उनीहरूका सहयोगी शक्तिहरूले लेबनानसहित सबै मोर्चामा जारी सैन्य अपरेशन तत्काल र स्थायी रूपमा बन्द गर्ने घोषणा गर्दछन्।

उनीहरूले एकअर्काको क्षेत्रीय अखण्डता र लेबनानको सार्वभौमसत्ताको सम्मान गर्ने प्रतिज्ञा गर्दछन्।

. आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने अमेरिका र इरानले एकअर्काको सार्वभौमसत्ताको सम्मान गर्ने र एकअर्काको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गर्दछन्।

३. ६० दिनको समयसीमा: दुवै पक्ष बढीमा ६० दिनभित्र अन्तिम शान्ति सम्झौतामा पुग्न वार्ता गर्न सहमत भएका छन्।

आपसी सहमतिमा यो अवधि थप गर्न सकिनेछ।

४. अमेरिकी नौसैनिक नाकाबन्दी हट्ने: सम्झौतामा हस्ताक्षर भएलगत्तै अमेरिकाले इरानविरुद्ध लगाएको नौसैनिक नाकाबन्दी हटाउन शुरू गर्नेछ र ३० दिनभित्र पूर्ण रूपमा अन्त्य गर्नेछ।

अन्तिम सम्झौता भएको ३० दिनभित्र अमेरिकाले इरानको नजिक रहेका आफ्ना सेनाहरूलाई फिर्ता लैजानेछ।

Garima Development Bank
Shivam Cement
Bizshala

५. हर्मुज जलमार्ग खुल्ला हुने: इरानले फारसको खाडीदेखि ओमानको सागरसम्म व्यावसायिक जहाजहरूको सुरक्षित र निःशुल्क आवतजावतका लागि ६० दिनका लागि विशेष व्यवस्था गर्नेछ।

प्राविधिक अवरोध र खानीहरू हटाउने काम ३० दिनभित्र पूरा गरिनेछ। हर्मुज जलमार्गको भविष्यको व्यवस्थापनबारे इरानले ओमान र खाडीका अन्य देशहरूसँग अन्तर्राष्ट्रिय कानूनको परिधिमा रहेर छलफल गर्नेछ।

६. ३०० अर्ब डलरको पुनर्निर्माण प्याकेज: अमेरिकाले क्षेत्रीय साझेदारहरूसँग मिलेर इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलरको एक निश्चित योजना तयार पार्नेछ।

यसका लागि आवश्यक पर्ने सम्पूर्ण वित्तीय अनुमति र इजाजतपत्रहरू अमेरिकाले जारी गर्नेछ।

७. सबै प्रतिबन्धहरू खारेज हुने: अन्तिम सम्झौताको कार्यतालिका अनुसार संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्, आईएईए बोर्ड अफ गभर्नर्सका प्रस्तावहरू र अमेरिकाले एकलौटी रूपमा लगाएका प्राथमिक तथा माध्यमिक गरी सम्पूर्ण प्रतिबन्धहरू खारेज गरिनेछ।

८.परमाणु हतियार नबनाउने प्रतिबद्धता: इरानले आफूले कहिल्यै पनि आणविक हतियार प्राप्त नगर्ने वा विकास नगर्ने वाचालाई पुनः दोहोर्‍याउँछ।

इरानसँग सुरक्षित राखिएको संवर्द्धित युरेनियमलाई आईएईएको रोहबरमा सोही स्थानमा डाउन(ब्लेंडिङ (संवर्द्धनको मात्रा घटाउने) गरिनेछ।

९. वर्तमान स्थितिको यथास्थिति कायम राख्ने: अन्तिम सम्झौता नभएसम्म इरानले आफ्नो परमाणु कार्यक्रमलाई अहिलेकै अवस्थामा राख्नेछ भने अमेरिकाले कुनै पनि नयाँ प्रतिबन्ध लगाउने छैन र क्षेत्रमा थप सेना तैनाथ गर्ने छैन।

१०. तेल निर्यातका लागि विशेष छुट : समझदारी पत्रमा हस्ताक्षर भएलगत्तै र प्रतिबन्धहरू पूर्ण रूपमा नजुटुन्जेल अमेरिकी कोष विभागले इरानी कच्चा तेल, पेट्रोलियम उत्पादन र सोसँग सम्बन्धित बैंकिङ कारोबार, बीमा र ढुवानी सेवाहरूका लागि आवश्यक छुट जारी गर्नेछ।

११. फ्रिज गरिएका सम्पत्ति फुकुवा हुने: अमेरिकाले विभिन्न विदेशी बैंकहरूमा रोक्का गरेर राखेका इरानका सबै कोष र सम्पत्तिहरू पूर्ण रूपमा फुकुवा गर्नेछ।

इरानको केन्द्रीय बैंकले तोकेका लाभार्थीहरूलाई उक्त रकम भुक्तानी गर्न अमेरिकाले आवश्यक इजाजत दिनेछ।

१२. अनुगमन संयन्त्रको स्थापना: यो सम्झौता र भविष्यमा हुने अन्तिम सम्झौताको सफल कार्यान्वयन र पालनाको निगरानी गर्न एक संयुक्त कार्यकारी संयन्त्र स्थापना गरिनेछ।

१३. वार्ताको प्राथमिकता: बुँदा नम्बर १, ४, ५, १०, र ११ को सफल कार्यान्वयन शुरू भएपछि मात्र दुवै देशले बाँकी रहेका अन्य बुँदाहरूमा केन्द्रित रहेर अन्तिम सम्झौताका लागि वार्ता अगाडि बढाउनेछन्।

१४. राष्ट्र सङ्घको ग्यारेन्टी: आगामी दिनमा हुने अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को एउटा बाध्यकारी प्रस्तावद्वारा अनुमोदन गरी अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गरिनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.