मंगलवार, आश्विन २०,२०८३ 03:30:09
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 03:30:09
Bizshala
Global IME Bank Limited

सभामुखसँग युएईका राजदूतको शिष्टाचार भेट, व्यापार र लगानीका विषयमा छलफल

Bizshala
सभामुखसँग युएईका राजदूतको शिष्टाचार भेट,  व्यापार र लगानीका विषयमा छलफल
New Office

काठमाण्डौ । संघीय संसद प्रतिनिधिसभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत महामहिम अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा सभामुख अर्यालले संयुक्त अरब इमिरेट्स नेपाली श्रमिक, व्यापार तथा लगानीका दृष्टिले नेपालको महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइ । उनले युएईको भिसा प्रक्रियामा नेपाली नागरिकबाट प्रहरी प्रतिवेदन अनिवार्य रूपमा मागिने व्यवस्थालाई पुनर्विचार गरी सहज बनाउन अनुरोध गरे ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभामुख अर्यालले नेपाल सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, डिजिटाइज्ड तथा नागरिकमैत्री बनाउने दिशामा कार्य अघि बढाएको जानकारी दिए । साथै, नेपाल लगानीकर्ताहरूका लागि अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गदै यूएई भिजन २०३१ सँग तालमेल हुने गरी लगानी, पूर्वाधार, पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्न आग्रह गरे ।

उनले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा दैनिक सिधा उडान सञ्चालन गर्न स्वीकृति प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै यसले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनको सम्भावनाबारे पनि विचार गर्न आग्रह गरे ।

सभामुख अर्यालले प्रतिनिधिसभाको हालैको निर्णयअनुसार संसदीय मैत्री समूह गठन गरिएको जानकारी गराउँदै यसले दुवै मुलुकका संसदबीच भ्रमण, अनुभव आदान–प्रदान तथा संसदीय अभ्यासको साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

भेटका क्रममा महामहिम राजदूत अल शम्सीले नेपाल–यूएई सम्बन्ध मैत्रीपूर्ण, सौहार्दपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै व्यापार, लगानी, पर्यटन, ऊर्जा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन यूएई सरकार सकारात्मक रहेको बताए । उनले नेपालसँगको सहकार्य विस्तार तथा पारस्परिक हितका क्षेत्रमा थप अवसरहरूको खोजी गरिने विश्वास व्यक्त गरे । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.