बिहीबार, असार २५,२०८३ 08:51:59
Bizshala
  • बिहीबार, असार २५,२०८३ 08:51:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बजेट कार्यान्वयनको बाटो खुल्यो, प्रतिनिधिसभाले गर्‍यो विनियोजन विधेयक पारित

Laxmi Sunrise Bank Limited
बजेट कार्यान्वयनको बाटो खुल्यो, प्रतिनिधिसभाले गर्‍यो विनियोजन विधेयक पारित

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।  

 

आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले पेश गरेको ‘विनियोजन विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्ताव सदनको बहुमत समर्थनसहित स्वीकृत भएको हो।

New Office
CG Motors
Garima Development Bank

विधेयक पारित हुनुअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका दफा २ देखि ११ सम्मलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।  

सो क्रममा विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू भने बहुमतले अस्वीकृत भएका छन्।

सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहम्मद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले विभिन्न विनियोजन शीर्षकमा खर्च कटौतीका प्रस्ताव पेश गरेका थिए ।  

ती सबै प्रस्ताव सदनको बहुमतबाट अस्वीकृत भएसँगै बजेट पारित हुने बाटो खुलेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गरेका थिए ।  

त्यसपछि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि असार १ र २ गते विस्तृत छलफल सञ्चालन गरिएको थियो।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा सुझावहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले बुधबार र बिहीबार दिएका थिए।  

मन्त्रालयगत बजेट विनियोजन, विकास आयोजना, स्रोत व्यवस्थापन तथा कार्यान्वयन योजनाबारे सरकार र सांसदहरूबीच विस्तृत बहस भएको थियो।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षका लागि बजेट कार्यान्वयनको संवैधानिक प्रक्रिया अगाडि बढेको छ।

प्रतिनिधिसभाको अर्को बैठक असार ५ गते शुक्रबार बिहान ११ बजे बस्ने तय गरिएको संसद् सचिवालयले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.