विनियोजन विधेयकमाथि जेठ ४ देखि ६ गतेसम्म प्रतिनिधिसभामा छलफल हुने
काठमाण्डौं । प्रतिनिधिसभाको बिहीबार बसेको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि विस्तृत छलफल गर्ने कार्यतालिका निर्धारण गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको उक्त प्रस्तावमाथि आगामी जेठ ४, ५ र ६ गते लगातार छलफल सञ्चालन गरिने निर्णय भएको हो ।

