काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोहि व्यक्ति वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ निर्धारण गरिएको छ ।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि वैशाख १८ गतेसम्म आवेदन दिनुपर्नेछ ।