सोमबार, श्रावण १८,२०८३ 04:30:18
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:30:18
Bizshala
Global IME Bank Limited

प्राइम कमर्सियल बैंकले असार १६ गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

प्राइम कमर्सियल बैंकले असार १६ गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने
New Office

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले यही असार १६ गतेदेखि कुल ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ‘प्राइम बैंक डिबेञ्चर २०९३’ जारी गर्न लागेको हो।

निष्कासन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइने छ। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

१० वर्ष अवधिको यो ऋणपत्रको ब्याजरदर ६।२५ प्रतिशत रहनेछ ।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। यो ऋणपत्र निष्कासन छिटोमा असार १९ गते र ढिलोमा असार ३० गते बैंकिङ समयपछि बन्द हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। बैंकले नेपाल धितोपत्र बोर्डबाट असार ३ गते ऋणपत्र निष्कासनका लागि अनुमति प्राप्त गरेको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.