मंगलवार, असार ९,२०८३ 02:42:30
Bizshala
  • मंगलवार, असार ९,२०८३ 02:42:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमाले नेता विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा

Laxmi Sunrise Bank Limited
एमाले नेता विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा

काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष तथा नेता विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।  

हिजो सुर्खेतबाट नियन्त्रणमा लिइएका उनलाई कानूनी प्रक्रिया पूरा गरी आज विभागमा पेश गरिएको हो।

New Office
CG Motors
Garima Development Bank

विभाग स्रोतका अनुसार पौडेलमाथि प्रारम्भिक चरणको सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।  

मुद्दासँग सम्बन्धित संवेदनशील विषय भएकाले विस्तृत विवरण भने तत्काल सार्वजनिक नगरिएको बताइएको छ।

हिजो सुर्खेतबाट पक्राउ गरेपछि उनलाई सुरक्षा व्यवस्थासहित काठमाडौं ल्याइएको थियो।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसपछि आज बिहानै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो।

विभागले प्रचलित कानूनी  प्रक्रिया अनुसार उनको सम्पत्ति स्रोत, वित्तीय कारोबार तथा सम्भावित शंकास्पद लेनदेनबारे केन्द्रित भएर अनुसन्धान अघि बढाउने जनाएको छ।

अनुसन्धान प्रक्रिया पूरा भएपछि मात्र थप विवरण सार्वजनिक गरिने विभागका अधिकारीहरूले बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.