बिहीबार, असार ११,२०८३ 10:07:59
Bizshala
  • बिहीबार, असार ११,२०८३ 10:07:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेरुडे मिर्मिरे लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
नेरुडे मिर्मिरे लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असार १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १९ औं साधारण सभा आह्वान गरेको हो ।  

सभा यही असार ३२ गते मभ्यपूर थिमीमा रहेको ह्वाइट प्यालेस ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

New Office
CG Motors
Garima Development Bank

सभामा १ः०.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा समयसामयिक परिवर्तन गर्ने र नियामक निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१÷८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित चालु आर्थिक वर्षका लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तीबारे जानकारी गराउने र एकजना संस्थापक सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले असार १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.