शुक्रबार, असार १२,२०८३ 03:43:56
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 03:43:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टर्कीले हराए पनि समूह विजेता बन्यो अमेरिका, नकआउट प्रवेश

Laxmi Sunrise Bank Limited
टर्कीले हराए पनि समूह विजेता बन्यो अमेरिका, नकआउट प्रवेश

काठमाण्डौ । विश्वकपअन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा टर्कीले अन्तिम क्षणमा गोल गर्दै अमेरिकामाथि ३–२ को रोमाञ्चक जीत निकालेको छ।  

खेलको इन्जुरी समयको आठौँ मिनेटमा काआन आयहानले निर्णायक गोल गरेका थिए।

New Office
CG Motors
Garima Development Bank

हारका बाबजुद अमेरिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।  

सोही समूहको अर्को खेलमा अस्ट्रेलिया र पाराग्वेले गोलरहित बराबरी खेल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेका छन्।

अमेरिकाले खेलको सुरुवातमै अग्रता लिए पनि टर्कीले अर्दा गुलर र ओर्कुन कोक्कुको गोलमार्फत पहिलो हाफमै खेल उल्टाएको थियो। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दोस्रो हाफमा अमेरिका बराबरीमा फर्किए पनि अन्तिम समयमा टर्कीले जीत सुनिश्चित गर्‍यो।

समूह ‘डी’ को अर्को खेलमा अस्ट्रेलिया र पाराग्वेबीचको ०–० बराबरीले दुवै टोलीलाई नकआउट चरणमा पुर्‍यायो।  

अस्ट्रेलिया उपविजेता बनेको छ भने पाराग्वे उत्कृष्ट तेस्रो स्थानमा रहेर अर्को चरणमा प्रवेश गर्ने सम्भावनामा छ।

अब अस्ट्रेलियाले अन्तिम ३२ मा समूह ‘सी’ को उपविजेतासँग खेल्नेछ भने पाराग्वेले समूह ‘ई’ को विजेता जर्मनीसँग भेट्ने सम्भावना छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.