शुक्रबार, असार १२,२०८३ 03:44:28
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 03:44:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ऊर्जा आपूर्ति सहज भएपछि भारतले एलपीजी प्रतिबन्ध हटायो

Laxmi Sunrise Bank Limited
ऊर्जा आपूर्ति सहज भएपछि भारतले एलपीजी प्रतिबन्ध हटायो

काठमाण्डौ । मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपीजी) मा लगाइएको प्रतिबन्ध हटाएको छ।  

हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले सङ्कटकालीन नियन्त्रणहरू खारेज गरेको हो।

New Office
CG Motors
Garima Development Bank

भारतको पेट्रोलियम मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा गैर–घरेलु प्याक गरिएको एलपीजीमाथिको प्रतिबन्ध हटाइएको र आपूर्ति संकटअघिको स्तरमा पुनःस्थापित गरिएको जनाएको छ।  

साथै, संकटका बेला रोकिएको बल्क एलपीजी आपूर्ति पनि पूर्ववत् खपतको करिब ५० प्रतिशतसम्म पुनः शुरु गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

विश्वको दोस्रो ठूलो एलपिजी आयातकर्ता भारतले मुख्य रूपमा मध्यपूर्वी देशहरूबाट ग्यास आयात गर्दै आएको छ।  

तर, क्षेत्रीय द्वन्द्वका कारण हर्मुज जलघाँटी प्रभावित हुँदा आपूर्ति शृङ्खला अवरुद्ध भएको थियो।

विश्वको करिब पाँचौँ भाग तेल तथा ग्यास ढुवानी हुने यो जलमार्ग अमेरिका–इरान तनावपछि फेब्रुअरी अन्त्यतिरदेखि अस्थिर बनेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल इरान र अमेरिकाबीच रणनीतिक जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएपछि हर्मुजमार्गबाट हुने ऊर्जा ढुवानीमा सुधार आएको छ।  

त्यसकै आधारमा भारतले आपूर्ति प्रणालीलाई क्रमशः सामान्य अवस्थामा फर्काउन थालेको हो।

ऊर्जा संकटका क्रममा भारत सरकारले घरेलु बजारमा एलपिजी मूल्यसमेत समायोजन गरेको थियो।  

आपूर्ति दबाब कम गर्न गत महिना करिब चार अर्ब अमेरिकी डलर बराबरको कोइला ग्यासीकरण विस्तार योजनासमेत स्वीकृत गरिएको थियो।

विशेषज्ञहरूका अनुसार खाडी क्षेत्रको अवरोधले भारतको ऊर्जा सुरक्षा मात्र होइन, समग्र अर्थतन्त्र र वृद्धि प्रक्षेपणमा समेत असर पारेको थियो।  

आपूर्ति सहज बन्दै गएपछि सरकारले बजारलाई क्रमशः स्थिर अवस्थामा फर्काउने प्रक्रिया अघि बढाएको छ। 

रासस/एएफपी

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.