काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले ७ प्रतिशत व्याजदर रहेको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।
अब बैंकले १०० रुपैयाँ इकाईमूल्य रहेको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । जसमा व्यक्तिगत तवरका १ अर्ब ८० करोड र सर्वसाधारणलाई जारी गर्ने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र रहनेछ ।
यो ऋणपत्रको अवधि १० वर्षको लागि रहनेछ भने ब्याजदर ७ प्रतिशत रहनेछ । ऋणपत्रको बिक्री प्रबन्धमा भने माछापुच्छ्रे बैंक रहेको छ । यो ऋणपत्रले असार ९ गते निष्कासनको अनुमति पाएको हो ।

