१० वर्षे ‘लक्ष्मी सनराइज डिबेन्चर’ नेप्सेमा सूचीकृत, ब्याजदर ७ प्रतिशत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक लिमिटेडको ‘७५ लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सूचीकृत भएको छ।नेप्सेका अनुसार बैंकसँग १० वर्ष अवधिको तथा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गर्ने उक्त डिबेन्चर सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।

