आईतवार, कार्तिक १५,२०८३ 12:36:15
  • आईतवार, कार्तिक १५,२०८३ 12:36:15
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको नाफा ९७ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोड बढी

Bizshala
लक्ष्मी सनराइज बैंकको नाफा ९७ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोड बढी
New Office

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ९६.६ प्रतिशतले वृद्धि भएको हो।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको नाफामा सुधार आउँदा प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको ईपीएस ९ रुपैयाँ ७६ पैसा पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५ रुपैयाँ ४६ पैसा रहेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंकको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो।

त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ७ करोड २३ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।

वित्तीय विवरणअनुसार बैंकको कुल निक्षेप ४ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ३ खर्ब २७ अर्ब १९ करोड रुपैयाँ रहेको छ। बैंकको कुल सम्पत्ति ५ खर्ब ३८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।

Garima Development Bank
Bizshala
IME remit

यद्यपि, बैंकको खराब कर्जा अनुपातमा भने दबाब देखिएको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात ५.५८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ५.४२ प्रतिशत रहेको थियो।

बैंकको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.८९ गुणा रहेको छ।

बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको सञ्चित नाफा तथा अन्य वित्तीय सूचकमा समेत सुधार देखिएको छ।

सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४२ करोड ७० लाख रुपैयाँ पुगेको छ । यसर्थमा बैंकको सो अवधिसम्मको लाभांश क्षमता प्रतिसेयर ५.३३ प्रतिशत रहेको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.