काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक लिमिटेडको ‘७५ लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सूचीकृत भएको छ।
नेप्सेका अनुसार बैंकसँग १० वर्ष अवधिको तथा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गर्ने उक्त डिबेन्चर सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चर सर्वसाधारणका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडमार्फत निष्कासन गरेको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज १ गतेको निर्णयअनुसार उक्त ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो।
नेप्सेले डिबेन्चरलाई ‘LSD92’ कारोबार संकेत दिएको छ। उक्त डिबेन्चरको दोस्रो बजार कारोबार असोज ८ गतेदेखि सुरु हुने नेप्सेले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।