काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम हुनेछ ।
यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम थियो । बैंकका अनुसार आफ्नो संस्थापक सेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गर्न इच्छुक नभएका संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, गीता मन्दिर रोड, वीरगञ्ज, पर्सामा पुगेर लिखित स्वघोषणा वा निवेदन पेश गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र कुनै पनि स्वघोषणा वा निवेदन पेश नगर्ने संस्थापक सेयरधनीको हकमा भने उनीहरूको संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न सहमति रहेको मानिने बैंकले जनाएको छ। त्यसपछि बैंकले प्रचलित व्यवस्था अनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ।
यसैबीच, सेयर खरिद–बिक्री, घरायसी नामसारी, मृत्यु नामसारी तथा अंशबण्डालगायत कारणले सेयर नामसारी गर्न बाँकी रहेका सम्पूर्ण सेयरधनीलाई पनि सूचना प्रकाशित भएको अवधिभित्र नामसारी प्रक्रिया सम्पन्न गर्न बैंकले अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।