आईतवार, असार १४,२०८३ 11:27:28
Bizshala
  • आईतवार, असार १४,२०८३ 11:27:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वायुसेवा निगमको वाइडबडी इन्जिन मर्मत तथा भाडा प्रक्रियाका लागि तेस्रो पटक बोलपत्र आह्वान

Laxmi Sunrise Bank Limited
वायुसेवा निगमको वाइडबडी इन्जिन मर्मत तथा भाडा प्रक्रियाका लागि तेस्रो पटक बोलपत्र आह्वान

काठमाण्डौ । नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी जहाजका इन्जिन मर्मत तथा भाडा प्रक्रियाका लागि तेस्रो पटक अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको छ। यसअघि दुई पटकसम्म आह्वान गरिएको बोलपत्रमा कुनै पनि आपूर्तिकर्ता कम्पनीबाट प्रस्ताव नपरेपछि निगमले पुनः प्रक्रिया अघि बढाएको हो।

वाइडबडी ए३३०–२०० (नाइन एन–एएलवाई) ‘अन्नपूर्ण’ र ए३३०–२०० (नाइन एन–एएलजेट) ‘मकालु’ का चार वटा इन्जिन मर्मत तथा भाडाका लागि पहिलो पटक गत चैत २२ गते ४५ दिनको समय दिएर ग्लोबल टेन्डर आह्वान गरिएको थियो। त्यसपछि जेठ १० गते १५ दिनको समय थप गरी दोस्रो पटक सार्वजनिक आह्वान गरिए पनि कुनै कम्पनीले प्रस्ताव पेश नगरेपछि बिहीबार पुनः ३० दिनको समयसहित तेस्रो पटक अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो।

New Office
CG Motors
Garima Development Bank

निगमका अनुसार दुवै वाइडबडी जहाजमा करिब २०० उडान–अवतरण बाँकी रहेका कारण तत्काल उडान सञ्चालनमा ठूलो समस्या नआउने अपेक्षा गरिएको छ। यस अवधिमा इन्जिन मर्मत तथा भाडा प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल जहाजहरू ‘साइकल सेभ’ नीतिअनुसार सञ्चालन भइरहेका छन्। बोलपत्र प्रक्रियामा ढिलाइ र अन्तर्राष्ट्रिय बजारमा वाइडबडी इन्जिन भाडा महँगो तथा सीमित उपलब्धताका कारण चुनौती देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.