नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्न समिति गठन
काठमाण्डौ । नेपाल वायु सेवा निगमको महाप्रबन्धक पद खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेकी हुन् ।उक्त सीमितले खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नेछ ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        